१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

माटो अभावमा मूर्ति बनाउने काम प्रभावित

माटो अभावमा मूर्ति बनाउने काम प्रभावित
अ अ+ अ-

वीरगञ्ज । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन्तामा पर्नुभएको छ ।

पाँच वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आउनुभएका महतो माग अत्यधिक भए पनि मूर्ति बनाउने माटोको अभावले यसपालि धेरै मूर्ति बनाउन नसकिने भएकाले व्यापार घट्ने चिन्तामा पर्नुभएको हो । पर्याप्त माटो नहुँदा मागअनुसार मूर्ति बनाउन नसकिएको हो । महतोले भन्नुभयो, “एक त माटो पाइँदैन, अर्कोतिर माटो पाए पनि जग्गाधनीले प्रतिट्र्याक्टर करिब ६०० का दरले रकम लिएकाले यसपालि थोरै मूर्ति बनाइएको हो ।”

विगत वर्षमा यो मौसममा मूर्ति बनाएरै लाखौँ रुपैयाँ आम्दानी गरे पनि यसपालि किसानले खेतमा समयमै गहुँ छरेकाले राम्रो र सोचेजस्तो माटो नपाउँदा यो अवस्था आएको परवानीपुरमा मूर्ति बनाइरहनुभएका शिवलखन महतोको गुनासो छ । अहिले पर्साका विभिन्न ठाउँमा कालीगढले सडक छेउ, दलान, घरआँगनमा मूर्ति बनाउन कस्सिएका कालीगढको सङ्ख्या बढ्दै गएपछि यो व्यवसायले सोचेजस्तो आर्थिक लाभ दिन नसकेको जानकी टोलमा मूर्ति बनाइरहनुभएका रमेश पण्डितले बताउनुभयो ।

भावना र कलाको संयोजनले काँचो माटो र पराललाई मिसाएर ईश्वरको रुप दिएर व्यवसाय गर्दै आएका पुराना पुस्ताले यो व्यवसायप्रति आकर्षण देखाउन सकेका छैनन् । युवापुस्ता वैदेशिक रोजगारमा जाने होडबाजीका कारण यो व्यवसाय प्रभावित हुँदै गएकोमा पछिल्लो पुस्ताले चिन्ता व्यक्त गरेका छन् । अहिलेका युवा माटो, पराल छुन घिन मान्ने भएकाले यो व्यवसायप्रति युवा पुस्ताको आकर्षण घट्न थालेकोे हो ।

श्रीमद्भागवत गीताका अनुसार भगवान् श्रीकृष्णको जिब्रोको अग्रभागबाट माता सरस्वतीको उत्पत्ति भएको हो । सरस्वतीको सेतोवर्ण ज्योतिर्मय ब्रह्मको प्रतीक मानिन्छ । सरस्वतीको आशिर्वाद बिना यो विद्या प्राप्त गर्न सकिँदैन भन्ने विश्वास छ । शास्त्रले भन्छ, माता सरस्वतीकै कृपाले कालिदास, महर्षि वाल्मीकी आदिलाई कविको उपाधि प्राप्त भएको भियो ।

आउँदो माघ पञ्चमीको दिनअर्थात् बिहीबार श्रीपचञ्मी (सरस्वती पूजा) पर्ने भएकाले बुधबारसम्म सबै मूर्ति दिई सक्नुपर्ने छ । लामो समयदेखि हुस्सु र शीतलहरको कारण मौसमको खराबीले घाम उदाउन नसक्दा कालीगढलाई मूर्ति सुकाउन समस्या भएको छ । प्रविधिले विकास गर्दै गए पनि मूर्ति पूजाको आस्थामा भने कमी नआए पनि यो व्यवसायको भविष्य भने उज्जवल रहेको कालीगढको भनाइ छ ।

विद्याको देवी सरस्वतीको मूर्ति बनाउने अधिकांश कालीगढ निरक्षर रहेको पाइएको छ । कतिपय कालीगढ मूर्ति बनाउने व्यवसायबाट भएको आम्दानीले आफ्नो छोराछोरीलाई पढाउने गर्दछन् ।

धर्मशास्त्रमा आधा, गिरा, श्री, ईश्वर, भारती, ब्राम्ही, भाषा, महाश्वेता, वाक, वाणी, वागिरा, विद्यात्री, बागीश्वरी, वीणापाणी, शारदा, पुस्तकधारिणी, जगदव्यापीनी, हारिमहाविद्या र धिश्वरी यी नामले सरस्वतीको उच्चारण गरिन्छ । स्वर्ग, पृथ्वी र अन्तरिक्ष गरी सरस्वतीको तीन स्थान रहेको छ । स्वर्गकी बाग्देवीको नाम भारती, पृथ्वीको बाग्देवीको नाम इला र अन्तरिक्षकी बाग्देवीको नाम सरस्वती रहेको छ । ऋग्वेदमा बाग्देवीको नाम सरस्वती भनेर उल्लेख गरिएको छ । ताल, स्वर, लय, राग, रागिनी आदिको प्रादुर्भाव सरस्वतीबाटै भएकाले सात प्रकारको स्वरले माता सरस्वतीको स्मरण गर्ने परम्परा रहिआएको छ ।

बुद्धि, ज्ञान र विद्याका रुपमा सारा संसारमा आफ्नो कृपाले प्रकाश फैलाउने सरस्वतीलाई श्रीपञ्चमीको दिन विद्यार्थीले माता सरस्वतीको रुपमा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।