काठमाडौं । सांसद राजीव गुरुङ उफ् ‘दिपक मनाङे’ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद गुरुङ विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए। बुधबार गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए।
मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै झापड हानेका थिए।










