१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

महानिरीक्षक खनालदवारा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्‍घाटन

महानिरीक्षक खनालदवारा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्‍घाटन
अ अ+ अ-


रोल्पा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गरेका छन् । बिहिवार खनालले भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजिक विकृति विसंगतिलाई सरोकारवाला सबै पक्ष मिलेर अन्त्य गर्नुपर्ने चर्चा गर्दै यस्ता कुरितिलाई त्याग्न सबैलाई आह्वान समेत गर्नुभयो । कानून सबैका लागि समान हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले कानून भन्दा माथि उठेर अपराध गर्ने सबैलाई प्रहरीले कानूनी दायरमा ल्याउने बताउनुभयो ।

विभिन्न स्थानमा नेपाल प्रहरीको अत्याधुनिक भौतिक संरचनाहरु निर्माण भइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबै पक्ष मिलेर नवनिर्मित भवनको संरक्षण गर्नुपर्ने समेत बताउनुभयो । समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी”को अवधारणा ल्याएको चर्चा गर्दै उहाँले उक्त अवधारणा अन्तर्गत विभिन्न जनचेतनमूलक कार्यक्रम संचालनको लागि नागरिक समाजसँग हातेमालो गर्दै आगाडि बढेको बताउनुभयो ।

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी बरीष्ठ उपरीक्षक नर बहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा समुदाय-प्रहरी साझेदारी वडा स्तरिय समितिका संयोजक तथा रोल्पा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नबराज आचार्य र संचारकर्मीको तर्फबाट काशिराम डाँगीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्र बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक ई। दिपक केसीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कूल ४ करोड २४ लाख ३३ हजार ६ सय ८१ रुपैयाँ ९२ पैसा लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।