८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा लेकसाइडको होटलबाट मनाङे पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई पक्राउ गरेको छ। प्रहरीले सांसद गुरुङलाई पोखराको लेकसाइडको होटलबाट पक्राउ गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद राजीव गुरुङ ‘दिपक मनाङे’विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी गरेसंगैजिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो ।

बुधबार गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए।
यसअघि मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए।