१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अफ्रिकी पेन्गुइन जनसङ्ख्या बर्डफ्लुका कारण जोखिममा

अफ्रिकी पेन्गुइन जनसङ्ख्या बर्डफ्लुका कारण जोखिममा
अ अ+ अ-

केप टाउन। बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा/एचपिएआई) को प्रकोपले दक्षिण अफ्रिकाको तटमा रहेका गम्भीर रूपमा लोपोन्मुख अफ्रिकी पेन्गुइनहरूको अस्तित्वलाई खतरामा पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

‘साउदर्न अफ्रिकन फाउन्डेसन फर द कन्जर्भेसन अफ कोस्टल बर्डस् (सान्कोब)’ले सन् २०२५ देखि सेप्टेम्बर २३ सम्मको अनुसन्धानले अफ्रिकी पेन्गुइनमा यो रोगको पुष्टि भएको बताएको छ ।

“अत्यधिक दबाबमा रहेको पेन्गुइन जनसङ्ख्याका लागि केहीको पनि क्षति हुनु हाम्रा लागि चिन्ताको बिषय हो,” फाउन्डेसनले पेन्गुइन जागरूकता दिवस जनवरी २० मा आयोजित एक कार्यक्रममा बताएको थियो ।

“प्रजनन क्षेत्रभित्र व्यापक रूपमा फैलिएको प्रकोप द्रुत गतिमा घट्दै गएको अफ्रिकी पेन्गुइनको जनसङ्ख्याको लागि विनाशकारी हुनेछ,” फाउन्डेसनले भनेको छ।

फाउन्डेसनले सर्वसाधारणलाई बिरामी वा मृत पेन्गुइनलाई नछुन र देखेको घटना तुरुन्त सङ्गठन वा अन्य सम्बन्धित निकायलाई रिपोर्ट गर्न आग्रह गरेको छ ।

सन् २०२३ मा अफ्रिकी पेन्गुइन (स्फेनिस्कस डिफेर्नस) को विश्वव्यापी जनसङ्ख्या पहिलो पटक १० हजार प्रजननयोग्य जोडी भन्दा तल झरेको थियो, जसले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घलाई सन् २०२४ मा यो प्रजातिलाई ‘गम्भीर रूपमा लोपोन्मुख’ प्रजाति को रूपमा सूचीबद्ध गर्न प्रेरित गरेको थियो ।

“यही दरमा अफ्रिकी पेन्गुइनको विनास हुनेहो भने सन् २०३५ सम्ममा यो पङ्क्षी लोप हुनेसक्ने सम्भावना देखिएको छ,” सान्कोबले सन् २०२५ जुनमा जारी चेतावनीमा बताएको थियो ।

सन् २०२५ को डिसेम्बरमा सान्कोबले जारी गरेको एक विज्ञप्तिमा सन् २०१८ यता बर्ड फ्लुका कारण एक हजारभन्दा बढी अफ्रिकी पेन्गुइनको मृत्यु भएको जनाएको छ ।

सन् २०२५ जुलाईदेखि विनाशकारी रोगको नयाँ प्रकोपले दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा अन्य समुद्री चराहरूलाई असर गर्दा यसको असर अफ्रिकी पेन्गुइनहरूमा पनि परेको देखिएको थियो । सन् २०२५ जुलाइपछि २६ शङ्कास्पद पेन्गुइनको मृत्युमा एचपिएआई सङ्क्रमणको रिपोर्ट गरिएको छ । (रासस/सिन्ह्वा)