३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर

झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर
अ+ अ-

झापा । सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड–९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ । मेचीनगरस्थित बीएण्डसी मेडिकल कलेजको पहिलो ब्याचमा चिकित्सा शास्त्र सङ्कायअन्तर्गत स्नातक (एमबिबिएस) निःशुल्क पढ्न पाउने उहाँ पहिलो छात्रा हुनुहुन्छ । उहाँले महिला कोटामा खुल्ला प्रतिस्पर्धा गरी पूर्ण छात्रवृत्ति प्राप्त गर्नुभएको हो ।

घरका खाना खाएर आँगनकै कलेजमा पढ्न पाउँदा आफ्नो सपना पूरा भएको उहाँले बताउनुभयो । ऋतिका मात्र होइन, झापाका सातजना विद्यार्थीले यतिबेला गृहजिल्लामै एमबिबिएस पढ्ने अवसर पाएका छन् ।

बीएण्डसी मेडिकल कलेजमा पहिलो ब्याचमा ५० जना विद्यार्थी भर्ना भएका छन् । जसमा जिल्लाका ऋतिका र देवांशु पोखरेल, चिजन कोइराला, राजेन्द्र मैनाली, निशा उप्रेती, अञ्जली शाह र आदित्य थापा रहेका छन् । सन्तानलाई आफ्नै आँखा अगाडि डाक्टरी शिक्षा पढाउन पाउँदा अभिभावक पनि खुसी हुनुहुन्छ ।

एक दशकको प्रतीक्षापछि झापामा मेडिकल कलेज सञ्चालनको पहल भएको बल्ल पठनपाठन सुरु भएको हो । विसं २०८१ पुस २५ गतेदेखि एमबिबिएसको कक्षा सुरु भएको थियो । विसं २०६८ माघ १४ गते सरकारबाट आशयपत्र पाएको यस संस्थाले लामो कानुनी अड्चन खेप्नुपरेको थियो ।

अन्ततः सर्वोच्च अदालतले विसं २०८० चैत १२ गते र पुनः २०८१ जेठ २५ गते परमादेश जारी गरेपछि यस कलेजले सम्बन्धन र विद्यार्थी कोटा पाएको हो । कलेजका प्राचार्य प्रा डा उमेश शर्माका अनुसार पूर्वाधार र गुणस्तरका आधारमा यो कलेज मुलुककै उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने लक्ष्यमा छ ।

बिर्तामोड–५ मा दुर्गा प्रसाईं, रामबाबु गिरी र इन्दिरा गिरीको करिब रु छ अर्बको लगानीमा पूर्वाधार बनाई कलेज तथा अस्पताल सञ्चालनमा आएको हो । विसं २०७१ मा ३०० शैय्याबाट सुरु भएको अस्पताल अहिले एक हजार शैय्यामा विस्तार भइसकेको छ ।

कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले यहाँबाट उत्पादित मेडिकल जनशक्ति मुलुकमै उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । हाल मेचीनगर–१२ धाइजनमा बेसिक साइन्स भवनमार्फत पठनपाठन भइरहेको छ भने विद्यार्थीका लागि छात्रवासको व्यवस्था गरिएको छ ।

मेडिकल कलेज सञ्चालनमा आएसँगै बर्सेनि अर्बौँ रुपैयाँ खर्चिएर मेडिकल शिक्षाका लागि विदेशिने विद्यार्थी र विदेशी मुद्रा रोकिने विश्वास लिइएको छ । आगामी वर्ष (विसं २०८२) देखि विद्यार्थी कोटा बढेर ६० पुग्ने कलेज प्रशासनले जनाएको छ ।