३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

श्रमजीवी पत्रकारको तलब सुनिश्चितता हुनुपर्नेमा महासङ्घको जोड

श्रमजीवी पत्रकारको तलब सुनिश्चितता हुनुपर्नेमा महासङ्घको जोड
अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले ‘नेपाल रिपब्लिक मिडिया लिमिटेड’को प्रकाशन नागरिक दैनिक पत्रिकामा कार्यरत श्रमजीवी पत्रकारले सेवासुविधा नपाएकामा चिन्ता व्यक्त गर्दै तलब सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यसहितको टोलीले आज नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारीको कार्यकक्षमा तालाबन्दी गरी तत्काल पत्रकारले पाउनुपर्ने सेवासुविधा उपलब्ध गराउने सुनिश्चितता हुनुपर्नेमा जोड दिएको हो ।

तालाबन्दी गरिएको केही घण्टापछि सो प्रकाशन गृहले नेपाल प्रहरी, स्थानीय तह र सम्बन्धित पक्ष राखेर ताला खुलाएको छ । श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासासहितको उजुरी प्राप्त भएपछि पत्रकारका पक्षमा उभिएको महासङ्घले स्पष्ट गरेको छ ।

नेपाल पत्रकार महासङ्घ, नागरिक प्रतिष्ठान शाखाका अध्यक्ष रघुनाथ लामिछानेका अनुसार लामो समयदेखि तोकिएको सेवा सुविधा नपाएपछि विरोध, धर्ना, प्रदर्शनलगायतका कार्यक्रमसहित व्यवस्थापनका विरुद्धमा उभिनुपरेको हो । उहाँले संस्थाले सरकारद्वारा तोकिएकोे न्यूनतम पारिश्रमिक नदिएको, कोभिड–१९ को बहानामा करिब ४३ महिनासम्म ५० देखि ७५ प्रतिशतसम्म तलब कटौती गरेको गुनासो गर्नुभयो ।

रिपब्लिक मिडिया लिमिटेडकी अध्यक्ष शोभा ज्ञवालीले संस्थामा करिब ३०० जना पत्रकार तथा कर्मचारी कार्यरत रहेको जानकारी दिँदै तोकिएको जिम्मेवारीभन्दा पनि विरोधका कार्यक्रममा केही पत्रकार तथा कर्मचारी सरिक भएकामा दुःख व्यक्त गर्दै सम्बद्ध पक्षसँग छलफल गरी समस्या समाधान गर्न व्यवस्थापन तयार रहेको बताउनुभयो ।

उहाँले मुलुकको समग्र अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको प्रभाव सञ्चार गृहमा पनि परेको स्पष्ट गर्दै स्रोत अभावका कारण पारिश्रमिक दिन केही ढिलाइ भएपनि वास्तविक एवम् पीडित श्रमजीवी पत्रकारसहित कर्मचारीले न्याय पाउने बताउनुभयो ।