१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

आसन्न निर्वाचनमा राष्ट्रको अस्तित्व जोगाउन सबै शक्तिहरु एकढिक्का हुनुपर्छः चित्रबहादुर केसी

आसन्न निर्वाचनमा राष्ट्रको अस्तित्व जोगाउन सबै शक्तिहरु एकढिक्का हुनुपर्छः चित्रबहादुर केसी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा भ्रम छर्नेहरुबाट सचेत रहन आम मतदातालाई आह्वान गर्नुभएको छ ।

नयाँका नाममा नक्कली कुरा गर्ने र जनतामा भ्रम छर्नेहरु पनि निर्वाचनको मुखमा देखिएको उल्लेख गर्दै उहाँले उनीहरुबाट सचेत भएर मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभएको हो ।

बुधवार बुटवलमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले मुलुकको अस्तित्व जोगाउने कुरामा सबैलाई एकतावद्ध हुन पनि सचेत गराउनु भयो । उहाँले विगतमा पनि भ्रम छर्ने र चोटिका कुरा गर्नेहरुलाई सांसद बनाएको उल्लेख गर्दै आगामी निर्वाचनमा उनीहरुले जिताउने गल्ती मतदाताहरुले गर्न नहुने बताउनु भयो ।

अध्यक्ष केसीले भन्नुभयो,‘सबै देशभक्त, जनतान्त्रिक शक्तिहरुले, पत्रकारहरुले जनतालाई यथार्थ बताउनु गर्नुपर्दछ । अहिले राष्ट्र कुन मोडमा उभिएको छ ? त्यो कुरामा नेपाली जनतालाई अहिले सजग गराउनु पर्दछ । सचेत गराउनु पर्दछ । नयाँ नयाँ रुपमा नयाँ नयाँ कुराहरु गरेर विभिन्न खालका मान्छेहरु अहिले नेपाली जनतालाई भ्रममा पार्न जो आइरहेका छन । त्यसमा दृढतापूर्वक जनतालाई सजग गराउनु पर्दछ । र राष्ट्रको अस्तित्व जोगाउने कुरामा हामी सबै एक ढिक्का हुनुपर्दछ । र नेपाली जनतालाई पनि म यहीबाट आह्वान गर्दछु–विगतमा हामीले गल्ती कमजोरी गर्नेलाई पनि सांसद बनायौं । त्यसमा ती नेताहरु मात्रै जिम्मेवार छैनन मतदाताहरु पनि जिम्मेवार छन । अव पहिलेजस्तो लहलहैमा लागेर जसले उक्साउँछ, चोटिला कुरा गर्छ । जसले कृतिम कुरा गर्छ । जसले नक्कली कुरा गर्छ । उनीहरुलाई भोट हाल्ने काम नगरौ ।’

अध्यक्ष केसीले वर्तमान सरकार गैरसरकार संस्थाहरुले बनाएको जिकिर गर्दै उनीहरुबाट देशको हितमा काम हुने अपेक्षा गर्न नसकिने बताउनु भयो ।