१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जनतालाई रैतीबाट मालिक बनाउने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने

जनतालाई रैतीबाट मालिक बनाउने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने
अ अ+ अ-

चन्द्रमणि भट्टराई

काठमाडौं । हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउँदै सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको श्रद्धाञ्जली सभामा व्यवस्था परिवर्तनसँग स्वाधीनताको विकासमा चर्चा गरिएको छ । सहिद सप्ताह अन्तर्गत दशरथ चन्द र गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गरेको काठमाडौंको शोभा भगवती मन्दिर नजिक विष्णुमती नदी किनारामा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्ने बक्ताहरुको धारणा यसैमा केन्द्रीत थियो ।

स्वतन्त्र मुलुकका स्वाधीन नागरिक भएको हेर्ने, जनतालाई रैतीबाट मालिक बनाउने लक्ष्य बोकेर प्राण आहुती दिएका सहिदले देखाएको बाटो हिँड्न सत्ता पक्ष र प्रतिपक्षमा बाँडिनु हुँदैन । सभामा बोल्ने क्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले भने, ‘महत्वपूर्ण निर्णय गर्ने बेलामा सहिदलाई सम्झिन सकियो भने मात्र पनि गलत ठाउँमा पुग्नबाट बचिन्छ । सहिदहरु दल विशेषका हुँदैनन् । उनीहरुको योगदान हरेक नागरिकका लागि हो ।’

धारणा राख्ने क्रममा महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यले प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने सहिदलाई, सडक दुर्घटनामा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्नु पर्ने मागबाट अलग्याएर हेर्न सक्नु पर्ने बताए । आफ्नो र अर्को होइन ठीक कि बेठीक भनेर निर्णय लिनुपर्छ । आफ्नाले गलत गरे पनि छुट हुने अर्काले सही गरे पनि दोषी बनाउने नजर त्याग गर्न नसकेसम्म सहिदको सपना पूरा हुन सक्दैन, मेयर शाक्यको जोड थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनका सृङ्खलाको चर्चा गर्दै, सहिदको स्थानलाई उत्कृष्ट बनाउन १९९७ सालमा बीरगति प्राप्त गर्ने सहिदहरुको पूर्ण कदको शालिक बनाउन बडाअध्यक्षहरुलाई आग्रह गरे । ‘विकासमा नेतृत्व गर्नु छँदै छ, सहिदले नागरिक जीवनको समुन्नतिका लागि देख्नुभएको सपना पूरा गर्न दल पनि परिवार जस्तो भएर काम गर्नुपर्छ,’ उनको भनाइ थियो ।

सभामा महानगरको वडा नं. १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगालले सहिदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नु पर्ने खाँचो देखाए । विकृत सोचले समस्या सृजना भएका छन् । अव सामुहिक हितका लागि सोच राख्नुपर्छ । यसबाट प्राप्त परिणामले सहिदको सपनामा योगदान पुर्याउँछ । सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, महानगरका अधिकारीहरुसँगै स्थानीयबासी सहभागी भएका थिए ।

शुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत्, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको र पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

बैतडीमा जन्मिएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए । त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका थिए । उनीहरुलाई ज्यानदण्ड दिइएको स्थानमा सहिद स्मारक स्तम्भ र शालिक राखिएका छन् ।

सहिद स्तम्भ तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो भने शालिक चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी स्थापना गराएका हुन् । श्रद्धाञ्जली सभामा, शोभा भगवतीको महिमा र सहिदको योगदानलाई चीर स्मरणीय बनाउन सुन्दर पार्क निर्माण तथा अन्य भौतिक संरचनामा सुधार गर्नु पर्नेमा जोड दिइएको थियो ।