१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

परीक्षणमा नै राम्रो उत्पादन : टनेलको गोलभेँडा बजारमा

परीक्षणमा नै राम्रो उत्पादन : टनेलको गोलभेँडा बजारमा
अ अ+ अ-

पाल्पा । पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा संलग्न प्राविधिक हर्षित बनेका छन् । उत्पादित गोलभेँडाको माग पनि बढेको छ ।

जिल्लामै नमूनाका रूपमा ठूलो क्षमताको उच्च प्रविधिको ९हाइटेक० टनेलमा गत असोजमा बेर्ना तयार पारी कात्तिकमा लगाइएको नगरपालिकाका प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

“पहिलो पटक लगाइएको हुँदा उत्पादन कस्तो हुन्छ भन्ने जिज्ञासा थियो”, उहाँले भन्नुभयो, “कृषि शाखाका प्राविधिकको राम्रो हेरचाह र मेहनतले सोचेभन्दा राम्रो उत्पादन दिन थालेको छ ।” उहाँका अनुसार टनेलमा करिब तीन हजार सिर्जना जातका गोलभेँडाका बिरुवा लगाइएको छ । एक हप्तादेखि बजारमा टनेलको गोलभेँडा बिक्री गर्न थालिएको जानकारी दिँदै उहाँले करिब ५० किलोजति बजारमा पु¥याइसकिएको बताउनुभयो ।

टनेलभित्र अनुमानित नौ हजार किलो गोलभेँडा उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । “बजारमा प्रचलित मूल्यअनुसार हाल प्रतिकिलो रु ५० मा बिक्री गर्न थालेका छौँ, माग पनि राम्रै छ”, पाण्डेयले भन्नुभयो ।

सिर्जना जातको गोलभेँडा एक बोटमा पाँच किलोसम्म उत्पादन हुने भए पनि यहाँ लगाइएको गोलभेँडा तीन किलोसम्म उत्पादन लिन सकिने देखिएको प्राविधिक बताउँछन् । टनेल निर्माण भएपछि अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, विभिन्न सङ्घसंस्था, व्यक्ति यसको अवलोकन तथा जानकारी लिन आउने गरेका छन् । व्यावसायिक कृषिमा कृषकलाई नयाँ प्रविधि सिकाउन टनेल निर्माण गरिएको हो ।

कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ र ३६ मिटर चौडाइ रहेको टनेल निर्माण गरिएको हो । प्रदेश सरकारको रु २५ लाख सहयोग र रामपुर नगरपालिकाको रु ३१ लाख गरी रु ५६ लाखको लागतमा निर्माण गरिएको हो ।

समूहमा अवलोकन गर्न आउनेलाई रु एक हजार शुल्क, प्रतिव्यक्ति रु १०० र विद्यार्थीका लागि रु ५० टिकट कायम गरिएको छ । अहिलेसम्म एक हजारभन्दा बढीले टनेल अवलोकन गरिसकेको कृषि प्राविधिक सुशील अधिकारीले बताउनुभयो ।

नगरपालिकाले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी रामपुरलाई कृषिबाटै आत्मनिर्भर बनाउने सोच राखेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “बाहिरबाट आउने तरकारी निरुत्साहित गर्दै यहीँको उत्पादनले बजारको माग आपूर्ति गराउने हाम्रो दीर्घकालीन सोच हो”, उहाँले भन्नुभयो, “कृषकको जनजीवन उकास्न, रामपुरलाई नमूना कृषि क्षेत्रका रूपमा विकास गर्नका साथै कृषिमा नयाँ प्रविधिको प्रयोगमा अभिप्रेरित गर्न टनेल निर्माण गरेका हौँ ।”

यो प्रविधिको टनेल समयसमयमा मर्मतसम्भार गरिएको खण्डमा १० देखि २० वर्षसम्म प्रयोग गर्न सकिन्छ । टनेलको प्रयोग आवश्यकताअनुसार तापक्रमको सन्तुलन, थोपा सिँचाइ प्रविधि, हावामा सापेक्षिक आद्रता कायम गर्ने, घामको तापक्रम छेक्ने, कीरा लाग्नबाट बचाउन आदिका लागि उपयोगी छ । यसको प्रयोगबाट मौसमी तथा बेमौसमी तरकारी लगाउन सकिने प्राविधिकहरू बताउँछन् ।

टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा सेन्सरमार्फत कुलिङ प्याड र फ्यानको प्रयोग गरी चिसो तापक्रम र हावामा सापेक्षित आद्रता कायम गरिन्छ । त्यस्तै थोपा सिँचाइ प्रविधि, सेड नेटद्वारा घामको तापक्रम छेक्ने, कीरा छेक्ने जालीको प्रयोगले बिरुवामा कीरा लाग्नबाट बचाउने गरिन्छ ।

जाडोयाममा रोलिङ युभी प्लास्टिकद्वारा बाहिरको भन्दा तापक्रम वृद्धि गराई बिरुवालाई आवश्यक तापमान कायम गर्ने जस्ता यसका धेरै विशेषता छन् । यसले कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन सहयोग पुग्दछ । यसको मुख्य उद्देश्य बेमौसमी तरकारी उत्पादन गर्नु हो । नवीनतम प्रविधि रामपुरमा भित्रिएसँगै युवामा कृषिप्रतिको आकर्षण पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । पछिल्ला वर्ष यस क्षेत्रमा दुग्ध डेरी उद्योग, आधुनिक प्रविधिबाट तरकारीखेती विस्तार र कृषिजन्य यान्त्रिकीकरणको प्रयोग बढ्दो छ ।

पाल्पा जिल्लामै ठूलो क्षमताको टनेल निर्माण भएपछि रामपुरमा धेरैले नयाँ प्रविधिको अवलोकन गरी घरघरमा आधुनिक कृषि प्रविधि अवलम्बन गरी उत्पादन वृद्धि गर्न थालेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । नयाँनयाँ प्रविधि रामपुरमा भित्रिन थालेपछि परम्परागत निर्वाहमुखी कृषि व्यवसाय गरेका कृषकको व्यावसायिक कृषिमा आकर्षण बढ्दै जानुलाई महत्वका साथ हेरिएको छ ।