१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

श्रमिक पुज्न नपाउने किसानको चिन्ता

श्रमिक पुज्न नपाउने किसानको चिन्ता
अ अ+ अ-

महोत्तरी । श्रीपञ्चमी पर्व नजिकिँदै गर्दा यसपालि कृषि श्रमिक पुज्न नपाउने चिन्ताले जिल्लाका किसान चिन्तामा परेका छन् । मिथिला परम्परामा वसन्त पञ्चमी र श्रीपञ्चमी पनि भनिने माघ शुक्ल पञ्चमीका दिन कृषि कार्यका लागि अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको टुङ्गो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँबस्तीमा कृषि श्रमिक नपाइएपछि किसानको चिन्ता बढेको हो ।

जिल्लाका गाउँ÷नगर बस्तीमा कृषिकार्यका लागि कहलिएका मुसहर युवा रोजगारका लागि भारतको पञ्जाव, हरियाणा र अन्य समुदायका युवा अरब राष्ट्र गएपछि गाउँ, नगर, बस्ती युवाविहीन बनेका छन् । काम गर्ने उमेरका युवा गाउँ÷नगर बस्तीमा नरहेपछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न पाइने छाँट नदेखिएको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीका किसान रुपनारायणसिंह थारूको दुखेसो छ ।

“हेर्नुहोस, अब श्रीपञ्चमी मनाउने दिन एक साता पनि बाँकी छैन”, सिंहले दिक्दारी भावले भन्नुभयो, “आफ्नो बस्तीवरपर कहीँ श्रमिक पाइँदैनन्, अब कसलाई पुज्नु रु के खेती गर्नु ?” हलो जोत्ने, कुटो कोदालो चलाउने, गाईभैँसी चराउने र अन्य कृषि कार्यका लागि आइपर्ने काम गर्ने श्रमिक ९मजदुर० माघ शुक्लपञ्चमीकै दिन अघिल्लो एक वर्षका लागि कुरा पक्का गरेर वरण गर्ने मिथिला परम्परा छ । वरण गरिएका श्रमिकलाई पूmलमाला लगाएर निधारमा अबिर लगाइन्छ । यसरी पुजिएका श्रमिकलाई मिष्ठान्न भोजन गराएर दक्षिणा दिएपछि एक वर्ष काम गर्ने श्रमिकको टुङ्गो लाग्छ । तर, गाउँ/नगर बस्तीमा कृषिकार्य गर्ने युवा विदेशिएपछि किसान मान्छे नपाएर चिन्तामा परेका छन् ।

मिथिलामा श्रीपञ्चमीकै दिन कृषि ज्यावल वर्षभरि मर्मतसम्भार गर्ने (हलो ठोक्ने, कुटो कोदालोे र हसिँया, कँचिया उध्याउने र बिँड ठोक्ने) कामका लागि लोहार (कृषि ज्यावल मर्मतसम्भार गर्ने मिथिलाको खास जाति विशेष) को कुरा टुङ्ग्याउने गरिए पनि यसपालि गाउँ/नगर बस्तीमा कृषिकार्यका श्रमिक र लोहार पनि भेटिन छाडेका छन् । “सात दिनअघिदेखि आफ्नै बस्ती र वरिपरिका बस्तीमा श्रमिकको खोजी गरेँ”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ७० वर्षीय किसान रामसोगारथ महतोले भन्नुभयो, “तर, कँही भेटिएनन्, कामकाजी उमेरका सबै युवा विदेशिए, अब खेती गरेर खाइएला भन्ने आस मर्यो ।”

पछिल्लो एक दशकयता गाउँ–गाउँ, बस्ती–बस्तीबाट कामकाजी उमेरका युवा रोजगारीका लागि विदेश जान थालेपछि खेतीपातीको काम निकै पछि धकेलिएको आम किसानको भनाइ छ । कृषिकार्यका श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी बाँझै बस्न थालेका छन् । खासगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रूपमा मनाइने मिथिला परम्परा अब श्रमिक भेट्टाइन छाडेपछि ससाना नानीलाई अक्षराम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जिल्लाका बुद्धिजीवी बताउँछन् । यस पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास रहिआएको छ ।