१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

पर्यटनमा सहकार्य गर्दै पोखरा र बागलुङ

पर्यटनमा सहकार्य गर्दै पोखरा र बागलुङ
अ अ+ अ-

गलकोट । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई आकर्षित गर्न यहाँका पर्यटन व्यवसायीले पर्यटनमैत्री वातावरणका लागि अभियान सञ्चालन गरेका छन् । अभियानअन्तर्गत पर्यटनमैत्री होटल तथा व्यवसाय बनाई भ्रमण वर्षमा पर्यटन गतिविधि बढाउन पर्यटनमा पोखरा र बागलुङमा सहकार्य थालिएको छ ।

बागलुङ पर्यटन विकास समित, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ बागलुङको पहलमा पोखराका पर्यटन व्यवसायीसँग सहकार्य गर्न थालिएको छ । पर्यटन क्षेत्रमा सहकार्य गर्नका लागि बागलुङका पर्यटन व्यवसायी तीनदिने भ्रमणमा पोखरा पुगेका छन् । भ्रमणका क्रममा पृथ्वी होटल व्यवसायी सङ्घ, सिटी रेवन, टान, भिटोफ, नाट्टा, भ्रमण वर्ष २०२० का प्रतिनिधि, बागलुङ समाज पोखरा र होटल एशोसिएशनबीच पर्यटनमा छलफल, अनुभव आदान–प्रदान, छलफल तथा अन्तक्र्रिया गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

छलफलका क्रममा पोखराका पर्यटन व्यवसायीले बागलुङसँग जोडेर पर्यटन व्यवसायमा सहकार्य, लगानी तथा अनुभव आदान–प्रदान गरी पर्यटन गतिविधि बढाउने प्रतिबद्धता जनाएका थिए । पर्यटन क्षेत्रको सबैभन्दा महत्पूर्ण मानिएको होटल व्यवसायलाई कसरी पर्यटनमैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यवसायीबीच अनुभव आदानप्रदानसमेत गरिएको हो । आगामी दिनमा बागलुङका पर्यटकीय गन्तव्यको जानकारी गराउने, पोखराको अध्ययन अवलोकन, पोखरामा आउने पर्यटकलाई कसरी बागलुङसम्म लैजाने र पर्यटकलाई आकर्षण गराउन प्रचार–प्रसारलगायतका विषयमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काले बताउनुभयो ।

पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई बागलुङ पु¥याउने र बागलुङमा भएका पर्यटन गतिविधिलाई पोखरासम्म ल्याउने विषयमा सहकार्य गर्ने गरी तयारी गरिएको होटल व्यवसायी महासङ्घ केन्द्रीय उपाध्यक्ष तथा पोखराका पर्यटन व्यवसायी केपी शर्माले बताउनुभयो । पर्यटन व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धा गरी पर्यटन गतिविधि बढाउन पोखरासँग सहकार्य गर्न थालिएको हो ।

ठूला पर्यटन व्यवसायीको अनुभवले साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्ने आयोजकको लक्ष्य रहेको छ । पोखराका पर्यटन व्यवसायीको सहकार्यसँगै बागलुङमा पर्यटन गतिविधि बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ । पर्यटकलाई खुशी पार्ने भनेको होटलको सेवा भएका कारण होटल व्यवस्थापन, सरसफाइ, खानपान तथा सत्कारमा ध्यान पु¥याउने भएका कारण पोखरामा चलेका होटलको अवलोकनसमेत गरिएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताउनुभयो ।

पोखराका व्यवसायी, फस्टाएका होटल तथा पर्यटकीयस्थलको अवलोकनबाट सिकेर बागलुङका होटललाई पर्यटकमैत्री बनाउँदा पर्यटकहरुको बसाइँ लम्ब्याउन सकिने पर्यटनविज्ञ वासु त्रिपाठीले बताउनुभयो । पोखरा आएका पर्यटकलाई आगामी दिनमा बागलुङका पर्यटकीयस्थलका बारेमा जानकारी गराएर पर्यटक पठाउने, प्रचारप्रसार गर्ने विषयमा सहकार्य गर्ने नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष ओम पाण्डेले बताउनुभयो । सहकार्यका लागि बागलुङका होटल व्यवसायी, पर्यटन विकास समिति र उद्योग वाणिज्य सङ्घअन्तर्गतको पर्यटन समिति, पत्रकारलगायतका सरोकारवाला पोखरा पुगेका हुन् ।