१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

अमेरिकाको रेकर्ड तोड्न नेपाली १३ जना युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य प्रस्तुत गर्ने घोषणा

अमेरिकाको रेकर्ड तोड्न नेपाली १३ जना युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य प्रस्तुत गर्ने घोषणा
अ अ+ अ-

काठमाडौं । नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको छ । आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको हो ।

शुक्रबार मारुनी मिडिया नेटवर्कले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त विश्व किर्तीमानीबारे जानकारी गराएको हो । उक्त किर्तीमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिईसकेको छ । कार्यक्रममा उक्त किर्तीमानी राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिए ।

उनले भने,‘कार्यक्रमको राम्रो तयारी भएको छ । यो नेपालको परिवेशमा पनि विशुद्ध नयाँ रेकर्ड हाँसिल हुने हामीले अपेक्षा लिएका छौं । व्यवस्थापकीय हिसाबले पनि धेरै राम्रो तयारी भएको छ । हामी टिमवर्कमा विश्वास गर्छौं ।’ पत्रकार सम्मेलनकी प्रमुख अतिथिसमेत रहेकी चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि विश्व किर्तीमानी कायम गर्नको लागि सामूहिक नृत्यमा सहभागीहरुलाई शुभकामना दिएकी थिईन् ।
कार्यक्रममा मारुनी मिडिया नेटवर्कका प्रवन्धक डिल बहादुर मगर (डिकेश) ले ‘देशले हामीलाई के दियो ? भन्दापनि हामीले देशलाई के दियौं ?’ भन्ने मूल नाराका साथ आफूहरु विश्व किर्तीमानी राख्ने तयारीमा जुटेको स्पष्ट पारे । उनले उक्त उद्देश्यमा सफल हुनेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया पनि दिए ।

उनकाअनुसार सो विश्व किर्तीमानी कार्यक्रममा नेपालको मौलिक गीत–संगित, भेषभुषामा नृत्य प्रस्तुत गरिनेछ । समारोहको उद्घाटन भने देशका विशिष्ट व्यक्तिहरुले गर्ने कार्यक्रम तय भएको छ । यसअघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एम.टि.भि.ओ. म्युजिक अवार्डको नाममा १३ जना युवायुवतीले लगातार २४ घण्टा १ मिनेट सामूहिक नृत्य गरेर विश्वकै सबैभन्दा लामो सामूहिक नृत्यको विश्व रेकर्ड राखेका थिए ।

अमेरिकाको नाममा रहेको यसअघिको रेकर्ड तोड्न र नयाँ रेकर्ड राख्ने प्रयासस्वरुप मारुनी मिडिया नेटवर्कमार्फत १३ जना नेपाली युवा युवतीद्वारा सामूहिक नृत्य गर्ने घोषणा गरिएको हो । सामूहिक नृत्यमा सामेल हुनेहरुमा डिल बहादुर मगर (डिकेश), केश बहादुर पुर्जा, शात्ना तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजिन पुन रहेका छन् ।

मारुनी मिडिया नेटवर्कका प्रवन्धक डिल बहादुर मगर (डिकेश) को नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘यो प्रयासबाट युवा पुस्तामा नेपाली मौलिक लोक संस्कृति र नृत्यप्रतिको दृष्टिकोणमा केही हदसम्म भएपनि परिवर्तन आउने अपेक्षा गरिएको छ । साथै, नेपाली लोक संस्कृति र लोक नृत्यलाई विश्वमा चिनाउने र नेपाल र नेपालीको नाम विश्वमा पुर्याउने यो प्रयासलाई सफल बनाउन तपाईको साथ र सहयोग हाम्रा लागि अत्यन्तै महत्वपूर्ण रहनेछ । यस कार्यमा सबैको हौसला र साथ रहनेछ भन्ने अपेक्षा राखेका छौं ।’ प्रेस विज्ञप्तीको वाचन भने गिनिज ईभेन्ट्स नेपालकी सचिव सिर्जना अधिकारीले गरेकी थिईन् ।