१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

विद्यालय पुनःनिर्माणमा ढिलासुस्ती

विद्यालय पुनःनिर्माणमा ढिलासुस्ती
अ अ+ अ-

धादिङ । विनासकारी भूकम्प गएको चार वर्ष भइसके पनि उत्तरी धादिङको बृचेत माविका विद्यार्थी अझै टहरामा पठनपाठन गर्न बाध्य छन् । भारत सरकारले पुनःनिर्माण गर्ने जिम्मा लिएर पनि काम शुरु नगरेपछि बृचेतजस्तै धादिङका १० ठूला विद्यालय अझै टहरामा पढ्न बाध्य छन् । एशियाली विकास बैंकले निर्माणको जिम्मा लिएको पाँच विद्यालयका पुनःनिर्माण शुरु नै भएको छैन ।

भूकम्प गइसकेपछि क्षतिग्रस्त विद्यालयमा त्रिपाल र अस्थायी टहरा बनाई पढाइ सञ्चालन गरेका विद्यालयमा विभिन्न सङ्घसंस्था तथा विद्यालय आफँैले पनि विद्यालय भवन निर्माण गरेका छन् । विद्यालय निर्माणमा ढिलाइ भएका कारण विद्यार्थी अझैसम्म पनि अस्थायी टहरामा नै बसेर पढिरहेका छन् । पुनःनिर्माणकार्य प्रभावकारी नहुँदा विद्यार्थी हिउँदमा चिसो र बर्खामा घामपानीको कष्टप्रद अवस्थामा पढ्न बाध्य छन् ।

जिल्लामा अझै पनि भूकम्पले भत्काएका ३५ प्रतिशत विद्यालयको पुनःनिर्माण गर्न बाँकी छ । हालसम्म २५१ विद्यालयका दुई हजार ५२१ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न गरिएको विद्यालयमा नियमित पठनपाठन भइरहेको छ । भत्किएका विद्यालय निर्माण तीन वर्षभित्र सक्ने शिक्षा मन्त्रालयको योजना बनाएको थियो तर निर्माण सम्पन्न गरिने समयसीमाभन्दा थप साढे एक वर्ष बितिसक्दा पनि विद्यालय पुनःनिर्माण पूर्णरूपमा सम्पन्न हुनसकेको छैन ।

निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमीजस्ता कारणले विद्यालय पुनःनिर्माणमा ढिलाइ भएको नेपाल सरकार शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ धादिङका सूचना अधिकारी ईश्वरकुमार श्रेष्ठले बताउनुभयो । अझै विद्यालय पुनःनिर्माण गर्न डेढ वर्ष लाग्ने श्रेष्ठको भनाइ छ ।

क्षतिग्रस्त सबै विद्यालयमा पुनःनिर्माणको काम भइरहेको छ । कुनै विद्यालयमा कक्षाकोठा थोरै भएका कारण थप भवन निर्माण शुरु गरिएको छ, यसले पनि ढिलाइ भएको हो । निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्रछात्रा र अपाङ्गतामैत्री शौचालयको पनि निर्माण गरिएको छ । विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ । ह्वीलचियर गुड्ने गरी विद्यालय तथा शौचालयको संरचना निर्माण गरिएको आयोजनाको दाबी छ तर विद्यालय पुनःनिर्माण गर्दा आपाङ्गतामैत्री संरचना नबनाएको अपाङ्गताको क्षेत्रमा कार्यरत अपाङ्गता कल्याण सङ्घका अध्यक्ष गुणराज खतिवडाले बताउनुभयो ।

विद्यालय पुनःनिर्माण गर्दा एउटा स्ल्याब हालेर अपाङ्गतामैत्री नहुने भन्दै संयुक्त राष्ट्रसङ्घले भनेअनुसार शौचालय पाँच÷पाँच फिट फराकिलो हुनुपर्ने, दृष्टिविहीनका लागि पनि संरचना बनाउनुपर्ने, शौचालयमा अनिवार्यरूपमा कमोडसहित दुवैतर्फ समात्ने डण्डी राख्नुपर्नेजस्ता आधार पूरा नगरेको अपाङ्गता अधिकारकर्मी यमकुमारी इटनीको भनाइ छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठका अनुसार जिल्लामा हालसम्म निर्माण भएकामध्ये तीन विद्यालय मात्र पूर्ण अपाङ्गतामैत्री रहेको बताउनुभयो ।

भूकम्पले क्षति पुर्याएको ५८२ विद्यालयमध्ये २५१ विद्यालय पुनःनिर्माणको काम सम्पन्न भएको छ । चार हजार ४३९ कक्षाकोठामध्ये दुई हजार ५२१ कक्षाकोठा निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले जानकारी दिएको छ । एशियाली विकास बैंकले बनाउने छ विद्यालयमध्ये सदरमुकामको नीलकण्ठ मावि नमूना विद्यालयका रूपमा निर्माण गरिसकेको छ भने अन्य पाँच विद्यालयको पुनःनिर्माण शुरु नै भएको छैन ।