१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सांसद तथा काँग्रेस पाल्पाका पूर्व जिल्ला सभापति कार्कीको निधन



अ+ अ-

काठमाडौँ । पूर्व सांसद तथा नेपाली काँग्रेस पाल्पाका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ । नेपाली काँग्रेस पाल्पा काठमाडौ सम्पर्क समितिको जानकारी अनुसार उनी लामो समयदेखि मृगौलाको डायलायसिस गर्दै आएका थिए । कार्कीको उपचारका क्रममा गएराती काठमाडौमा निधन भएको हो ।

२०४८ सालमा पाल्पा क्षेत्र नं. २ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने २०५१ देखि २०५६ सालसम्म काँग्रेस पाल्पाको जिल्ला सभापति समेत रहेका थिए । यती मात्रै नभई उनी त्यस अघि राष्ट्रिय पंचायत सदस्यमा पनि निर्वाचित भएका थिए ।

पाल्पाको रम्भा गाउँपालिका अन्तर्गत पर्ने ताहूँमा स्थायी घर भएका कार्की सरल, सक्रिय र सवैसँग सहजै घुलमिल हुनसक्ने स्वभावका कार्की पाल्पामा सर्वप्रिय नेताका रुपमा चिरपरिचित थिए ।