१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब विरामी बोक्ने एम्बुलेन्स प्रहरीले चेकजाँच गर्दा….



अ+ अ-

हेटौंडा । विरामी बोक्ने एम्बुलेन्सबाट गाँजा बरामद गरिएको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

शनिबार साँझ बजे प्रहरीले रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका ९ का मोहम्मद खलिद, डुमरिया(४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्। उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ।

सोही ऐनअनुसार उनीहरूमाथि कारबाही हुने प्रहरीले जनायो।