२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० क्वालिफायर: नेपालले टस जितेर बलिङ रोज्यो



अ+ अ-

काठमाडौँ : महिला टी–२० विश्वकप क्रिकेट ग्लोबल क्वालिफायरमा नेपालले स्कटल्यान्ड विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

आज बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुने लागेको यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

यद्यपी सुपर सिक्समा पुग्न नेपाललाई बलियो टिम स्कटल्यान्डमाथि जित हासिल गरेर मात्रले पुग्दैन । नेपालले ठूलो अन्तरले जित्नु पर्ने चुनौती छ ।

जिम्बावेमाथि शनिबार ६ विकेटको विजय हात पारेपछि नेपालको सुपर सिक्समा पुग्ने झिनो आशा पलाएको थियो । पूजा महतोले अविजित ५२ रन बनाएपछि नेपालले जिम्बावेसँगको खेलमा १ सय ३० रनको विजय लक्ष्य पछ्याएको थियो ।

यसअघि, नेपाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यी दुई खेलको नतिजाले नेपाली महिला टोली दबाबमा परेको हो ।

समूह बी मा रहेको स्कटल्यान्ड भने आजको खेल जिते सुपर सिक्समा पुग्नेछ ।

समूह ‘बी’ को अर्को टिम आयरल्यान्डले सबै तीन खेल जितेर सुपर सिक्समा पुगिसकेको छ । स्कटल्यान्ड र थाइल्यान्ड तीन खेलमा समान दुई जित हात पारी क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् । नेपालको तीन खेलबाट दुई अंक मात्र छ । जिम्बावे सबै खेल हारेर पुछारमा छ ।

सोमबार नै यस समूहको अर्को खेलमा नेदरल्यान्ड्स र थाइल्यान्डका बीच प्रतिस्पर्धा हुनेछ । नेपालले स्कटल्यान्डलाई र नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेको खण्डमा नेपालसहित स्कटल्यान्ड र थाइल्यान्डको समान चार अंक हुनेछ र यस्तोमा राम्रो रन रेट भएको दुई टोली सुपर सिक्समा पुग्नेछ ।