१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : लिग लिडर आर्सनल म्यान्चेस्टर युनाइटेडसँग पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर आर्सनल अन्डरडगको रुपमा रहेको म्यान्चेस्टर युनाइटेडसँग ३–२ गोल अन्तरले पराजित भएको छ ।

यो हारसँगै आर्सनलको उपाधि दौडमा ठूलो धक्का लागेको छ किनभने दोस्रो स्थानको म्यान्चेस्टर सिटी अब आर्सनलभन्दा ४ अंकले मात्र पछि छ ।

इमिरेट्स स्टेडियममा भएको यस खेलमा पहिलो गोल भने आर्सनलले २९औं मिनेटमा गरेको थियो । म्यान्चेस्टर युनाइटेडका अनुभवी डिफेन्डर लिसान्ड्रो मार्टिनेजको गल्तीले आत्मघाती गोल मद्दतले आर्सनलले अग्रता बनाएको थियो ।

तर ३७औं मिनेटमा युनाइटेडका ब्रायन बुमो र ५० औं मिनेटमा प्याट्रिक डोर्गुले गरेका दर्शनीय गोल मद्दतले खेल २–१ को स्थितिमा थियो ।

यहीबीच ८४औं मिनेटमा आर्सनलका मिकेल मोरिनोले डिबक्स भित्रको घम्साघम्सीबीच गोल गरेर खेललाई बराबरीमा ल्याए । त्यसपछि खेल यत्तिकैमा सकिने आँकलन गरिएको थियो ।

तर युनाइटेडका म्याथिस कुन्हाले ८७औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भयो । यसपछि पनि दुबै टिमले केही राम्रा मुभ बनाए पनि गोल हुन सकेन ।

यस जितसँगै युनाइटेडले ३८ अंक सहित लिगको चौथो स्थानमा उक्लेको छ । पछिल्ला पाँच खेलमा तीनवटा खेल बराबरी र दुई वटामा जित निकालेर युनाइटेड राम्रो लयमा देखा परेको छ ।

तर लिग लिडर आर्सनलको पछिल्ला पाँच खेल औसत छन् । यस सिजन राम्रो प्रदर्शन गरिरहेको आर्सनलले पछिल्ला पाँच खेलमा २ वटामा जित, २ वटामा बराबरी र एउटामा हार व्यहोरेको छ ।

अंक तालिका