१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

अनौठो गुफाको संरक्षण हुन सकेन

अनौठो गुफाको संरक्षण हुन सकेन
अ अ+ अ-

रामपुर । रामपुर नगरपालिकामा फेला परेको अनौठो प्रकृतिको गुफाको संरक्षण हुन सकेको छैन । गुफा फेला परेको लामो समय बितिसक्दा पनि संरक्षणको पहल हुन नसकेकामा स्थानीयवासीको गुनासो छ ।

रामपुर नगरपालिका–४ स्थित भुलादी खोलाको भुद्रुङ्गघाटमा फेला परेको अनौठो प्रकृतिको गुफाको अध्ययन–अनुसन्धान तथा संरक्षण नहुँदा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । विसं २०७५ को वैशाख तेस्रो हप्ता फेला परेको अनौठो प्रकृतिको गुफा हेर्नेको धेरै मानिसको आकर्षण बढ्यो । गुफा फेला परेपछि अवलोकन गर्न जानेको भीड बढ्न थालेपछि रामपुर नगरपालिकाले सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै गुफा बन्द गर्यो ।

स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको स्थानीवासी दिनेश कुमालले सम्बन्धित निकायमा जानकारी दिएपछि यसप्रति धेरैको चासोको बढ्यो ।

गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवान्का आकृतिहरु रहेका छन् । गुफाको भित्री भाग फैलिएकाले गुफाभित्र करीब एक हजार मानिस अट्ने क्षमता रहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ । “म आफैँ गुफाभित्र पसेर अवलोकन गरे, त्यहाँ विभिन्न आकृतिका भगवान्का तस्विरहरु छन्, ओढारहरु, चमेराहरु छन्, पूरै गुफा अवलोकन गर्न करीब एक घण्टाको समय लाग्यो”, उहाँले भन्नुभयो ।

गुफा संरक्षण गरेर प्रशस्त आयआर्जन गर्न सकिने माध्यम भए पनि रामपुर नगरपालिकाले संरक्षणमा चासो नदिएको उहाँले बताउनुभयो । गुफालाई संरक्षण गरेर आयआर्जन बढाउन सक्ने प्रशस्त सम्भावना छ ।

गुफा फेला परेको लामो समय बितिसक्दा पनि नगरपालिकाले संरक्षणमा तदारुकता नदिएको स्थानीयवासी हमिद अलिमियाँ बताउनुहुन्छ । “गुफा सुरक्षित खालको छ कि छैन भनेर यससँग सम्बन्धित विज्ञ व्यक्ति बोलाएर अध्ययन–अनुसन्धान गर्न पटकपटक नगरपालिका कार्यालय तथा वडा कार्यालयमा अनुरोध गरिरहेका छौँ तर सुनुवाइ अहिलेसम्म हुन सकेको छैन”, अलिमियाँले भन्नुभयो ।

यस क्षेत्रमा विभिन्न साना–ठूला गरी करीब एक दर्जनको हाराहारीमा गुफाहरु छन् । अहिलेसम्म कुनै पनि गुफाको संरक्षण र प्रवद्र्धन हुन सकेको छैन । यिनै गुफाहरु संरक्षण गरेर नगरको आयस्रोत बढाउन सकिने भए पनि नगरपालिकाले यसतर्फ चासो नदिँदा आयस्रोत नै गुमिरहेको छ । अन्यत्र स्थानमा कृत्रिम ताल, गुफा निर्माण गरी पर्यटक भित्र्याउने होडबाजी चलिरहेको छ तर प्राकृतिक रुपमा रहेका ऐतिहासिक गुफाको महत्व र आयस्रोततर्फ नगरले संरक्षण र प्रवद्र्धनमा तदारुकता नदेखाउँदा ओझेलमा परेका छन् ।

रामपुर नगरपालिकाको गौरवको योजनामा यस गुफालाई समेटिएको वडा नं ४ का अध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ । “गुफाको प्रवद्र्धन र पर्यटन विस्तारका लागि डिपिआर गर्ने भन्ने कुरा भएको छ तर अहिले प्रक्रिया अगाडि बढाइएको छैन, विज्ञसहितको टोलीले अध्ययन–अनुसन्धान गरेपछि मात्र प्रक्रिया अगाडि बढ्नेछ”, अध्यक्ष नेपालीले भन्नुभयो ।

विज्ञसहितको टोलीलाई नगरपालिकाले अवलोकनका लागि अनुरोध गरे पनि उनीहरुको समय अभावका कारण अनुसन्धान हुन नसकेको अध्यक्ष नेपालीको भनाइ छ । कालीगण्डकीको तट नजीकै रहेको यस क्षेत्रमा गुफा संरक्षण र प्रवद्र्धन गरेमा पर्यटक ठूलो सङ्ख्यामा भित्रिनेछन् । यहीँ गुफा नजीकै भगवान् रामचन्द्रले नुहाएको रामघाट पर्छ । यहाँ ऐतिहासिक धार्मिक लक्ष्मीनारायण मन्दिर छ ।

रामघाट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदैछ । रामघाट अवलोकन तथा स्नान गर्न आउने पर्यटक गुफा अवलोकन गरेर फर्कने वातावरण नगरले मिलाउन सक्यो भने गुफाबाटै राम्रो कमाई गर्न सकिन्छ ।