१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

राष्ट्रिय महोत्वसका लागि गजलकार छानिए

राष्ट्रिय महोत्वसका लागि गजलकार छानिए
अ अ+ अ-

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा यही माघ १५ र १६ गते आयोजना गरिने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधि गजलकार छनोट भएका छन् ।

प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार विगतमा अन्य संस्थाको समन्वयमा गजल महोत्सव आयोजना गरिएको भए पनि प्रतिष्ठानको आयोजनामा प्रदेशगत आधारमा प्रतिनिधि चयन गरी यस वर्ष पहिलोपटक राष्ट्रियस्तरको महोत्सव आयोजना गर्न लागिएको हो ।

Nepal Academy. Photo: THT/ File

महोत्सवमा सहभागी हुने गजलकार, कार्यपत्र प्रस्तोता, समीक्षक र प्रतिनिधिको छनोट तथा अन्य व्यवस्थापनको तयारी पूरा भएको प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् महोत्सवका संयोजक प्राडा हेमनाथ पौडेलले जानकारी दिनुभयो । महोत्सवमा सातै प्रदेशबाट पाँच–पाँचजना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट करीब ४० गरी ७५ प्रतिनिधि गजलकारको सहभागिता रहनेछ ।

प्रज्ञा–प्रतिष्ठान र अनाममण्डली संस्थाको सहकार्यमा यसअघि पनि गजलबारे राष्ट्रिय सम्मेलन गरिएको थियो । गजल विधाका जानकार घनेन्द्र ओझाले प्रज्ञा प्रतिष्ठानले नेपाली गजलको मानक निर्माण गर्नसमेत कार्यदल गठन गरी काम अघि बढाउने तयारी गरेकामा खुशी व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद््घाटन गर्ने कार्यक्रममा प्रदेशबाट छानिएर आएका गजलकारको गजल वाचन हुनेछ भने सोही दिन वरिष्ठ गजलकारले गजल सुनाउनेछन् ।

पहिलो दिन करीब एक हजार दुई सय र दोस्रो दिन करीब तीन सयको सहभागिता रहने महोत्सवमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को लोकार्पणसमेत हुनेछ । महोत्सवको दोस्रो दिन ‘नेपाली गजलः परम्परा र प्रवृत्ति’ बारे टीकाराम उदासी तथा ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ बारे डा घनश्याम न्यौपाने ‘परिश्रमी’ र ओझाले गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । अर्को सत्रमा ‘आजको गजल लेखनः चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।