१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

कर्णालीमा अझै आएन इन्टरनेट

कर्णालीमा अझै आएन इन्टरनेट
अ अ+ अ-

मुगु । मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटका साबिकका कर्णालीका जिल्लामा एक महिनादेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो । गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्वारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि यी जिल्लााहरु सञ्चारविहीन भएका हुन् ।

टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो हिमपातपछि नेपाल टेलिकमको दैलेखको महावु र जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्कमा समस्या आएको, पटकपटक प्राविधिक टोली लेखमा चढ्न खोजे पनि मौसममा आएको खराबीका कारण लेख चढ्न नसकेर समस्या लम्बिएको, शुक्रबारबाट मौसममा सुधार आएकाले शनिबार प्राविधिक टोली महावु लेखमा पुगेकाले सम्भवतः सोमबारसम्म इन्टरनेट सेवा अवरुद्ध भएका जिल्लाहरुमा सेवा सञ्चालन हुनेछ ।

इन्टरनेट सेवा नचलेपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंकहरु र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाशचन्द्र भामका अनुसार एडिएसएल इन्टरनेट नचल्दा बैँकमा सेवाग्राहीको भीड लाग्ने गरेको, बैंकका सबै प्रणाली चलाउन समस्या भएको बताउनुहुन्छ । उहाँ बैंकमा बचत, लगानी र भुक्तानी गर्न आउने सेवाग्राहीका लागि बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट चलाए पनि भिस्याटको गति सुस्त हुँदा समस्या भएको बताउनुहुन्छ ।

यता छायाँनाथ रारा नगरपालिका–४ का पृथ्वीबहादुर महताराले दुई हप्ताअघि मलेशियाबाट घरपरिवारका लागि घरखर्च गर्न पैसा पठाएको भए पनि मुगुमा रहेका आफ्ना परिवारले भुक्तानी पाउन नसकेको फोनमार्फत बताए । इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फारम भर्न र राजस्व दस्तुर जम्मा गर्न पनि समस्या भएको आयोग तयारी गरिरहेका विद्यार्थीहरु बताउँछन् ।

यस्तै मुगुमा रहेका बैंकहरु, ठूला वित्तीय संस्थाको कारोवार सफ्टवेयरमार्फत हुँदै आएको र सफ्टवेयर अनलाइनमा मात्र चल्ने भएकाले मुख्य गरी लघुवित्तको कारोवार गर्न समस्या भएको र लगानी, बचत, भुक्तानी जस्ता कार्य गर्न समस्या भएको छायाँनाथ सहकारीका कोषाध्यक्ष हरिबहादुर शाही बताउनुहुन्छ ।

इन्टरनेटजन्य कामहरु महिना दिनदेखि नहुँदा सेवा लिनका लागि टाढाटाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही निरास भएर फर्कने गरेका छन् भने देशकै प्रमुख पर्यटकीय क्षेत्र रारामा फोरजी सेवासमेत नचल्दा यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले राराको सौन्दर्यता इन्टरनेटमार्फत आफन्तजनसँग साट्न पाएका छैनन् ।