१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार भन्सार राजश्वमा केन्द्रीत छैन : मन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले सरकार भन्सार राजश्वमा केन्द्रीत नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

आइतबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजश्व घटेको तर सरकार व्यवसायिलाई डण्डा लगाएर राजश्व असुल्ने पक्षमा नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘व्यापार घाटा कम हुन थाल्यो अलिकती आयातित वस्तुहरु कम हुँदा राजश्व पनि कम हुन थाल्यो अर्को त्रास, फेरी राजश्व कम भयो अव सरकारले डण्डा लगाएर कहाँबाट राजश्व उठाउँछ भन्ने अर्को त्रास, हामी त्यसो गर्दैनौं ।’ उहाँले सरकारले जति कर लाग्ने आय हो त्यतिमा मात्रै राजश्व उठाउने लक्ष्य रोखकोले व्यवसायीहरुलाई नडराउन आग्रह गर्नुभयो । उहाँले भन्सार राजश्व मै केन्द्रीत भएर अर्थतन्त्र लामो समय सम्म चल्न नसक्ने बताउनुभयो । अर्थमन्त्री खतिवडाले आन्तरिक राजश्वको वृद्धि दर पनि बढ्दै गएकाले मुलुक आयातमा आधारित राजश्व प्रणालिबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारीत राजश्व प्रणालिमा गइसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘भन्सार राजश्वमै केन्द्रीत भएर अव हाम्रो अर्थतन्त्र लामो समय चल्दैन आन्तरिक राजश्वको वृद्धि राम्रो छ व्यवसायीक क्षेत्रलाई धन्यवाद औषतमा २५ प्रतिशतको वृद्धि छ मूल्य वृद्धिदर र आन्तरिक भ्याटको वृद्धिदर त्यो भन्दा राम्रो छ हामी क्रमशः आयातमा आधारित राजश्व प्रणालीबाट आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित राजश्व प्रणालीमा उन्मुख हुँदैछौं ।’

अर्थमन्त्री खतिवडाले लक्ष्य अनुरुपको राजश्व नउठ्दा समेत आफु नडराएको बताउनुभयो । उहाँले विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामै राम्रो रहेको र पछिल्लो समय बैंक ब्यजादर पनि तल रहेकोले अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताउनुभयो । उहाँले राजश्वमुखि भन्सार प्रणाली भयो भन्ने गुनासो आउने गरेको र त्यसलाई सुधार गर्न मुलुकभित्र लागनी वृद्धि गरी उत्पादन बढाउने र निर्यात बढाउने लक्ष्य सरकारले राखेको बताउनुभयो । उहाँले भन्नुभयो ‘औद्योगिक वातावरण बनाउने र मुुलुकलाई आफ्नो उत्पादन प्रणालीलाई बलियो बनाउन औद्योगिक संरक्षण दिने कुरा हो, अलिकति हाम्रो आर्थिक वृद्धिको लागि आन्तरिक बजार पनि पुग्दैन भनेर निर्यात ढाउन पनि जोड दिनुपर्छ भनेर भन्सारका दरहरु निर्यातमा न्यूनतम राख्नुको एउटा कारण निर्यात बढेन भने आर्थिक वृद्धि हुँदैन भन्ने हो ।’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने र त्यसको आधारबाट औद्योगीकरणको प्रकृया अगाडि बढाउने र सरकारको आय भन्सारमा केन्द्रीत नभई आन्तरिक आयमा केन्द्रीत गराई मुलुकलाई सवल सुदृढ अर्थतन्त्र तर्फ लैजाने भएको समेत बताउनुभयो ।