१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

यसरी मनायो राजदूतावासले ७१ औं गणतन्त्र दिवस (फोटो फिचर)

यसरी मनायो राजदूतावासले ७१ औं गणतन्त्र दिवस (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंले ७१ औं गणतन्त्र दिवस मनाएको छ । कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै भारतका माननीय राष्ट्रपतिको सन्देश जारी गर्नुभएको थियो ।

उक्त अवसरमा कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना निकटतम नातेदारलाई ५.९७ करोड नेपाली रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गर्नुभयो । राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान ग¥यो । नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहोर्याउदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गर्याे ।

हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गरेको छ । उक्त समारोहमा दूतावासका अधिकारी तथा उहाँहरुको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्यहरु तथा भारतका मित्रहरुकोे उपस्थिति थियो । केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले देशभक्तिका गीतहरु प्रस्तुत गरे । नेपाली सेनाको ब्यान्डको मधुर प्रस्तुतिसँगै समारोह सम्पन्न भयो ।

सोहि दिन कार्यवाहक राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गर्नुभयो । नेपालका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन सो समारोहको मुख्य अतिथिका रुपमा सरिक हुनुभयो । उक्त समारोहमा १५०० भन्दा बढी विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो जसमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा गणमान्य व्यक्तित्वहरु सम्मिलित भए ।