१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनायो राजदूतावासले ७१ औं गणतन्त्र दिवस (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंले ७१ औं गणतन्त्र दिवस मनाएको छ । कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै भारतका माननीय राष्ट्रपतिको सन्देश जारी गर्नुभएको थियो ।

उक्त अवसरमा कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना निकटतम नातेदारलाई ५.९७ करोड नेपाली रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गर्नुभयो । राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान ग¥यो । नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहोर्याउदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गर्याे ।

हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गरेको छ । उक्त समारोहमा दूतावासका अधिकारी तथा उहाँहरुको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्यहरु तथा भारतका मित्रहरुकोे उपस्थिति थियो । केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले देशभक्तिका गीतहरु प्रस्तुत गरे । नेपाली सेनाको ब्यान्डको मधुर प्रस्तुतिसँगै समारोह सम्पन्न भयो ।

सोहि दिन कार्यवाहक राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गर्नुभयो । नेपालका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन सो समारोहको मुख्य अतिथिका रुपमा सरिक हुनुभयो । उक्त समारोहमा १५०० भन्दा बढी विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो जसमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा गणमान्य व्यक्तित्वहरु सम्मिलित भए ।