१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सभामुखमा सापकोटा

सभामुखमा सापकोटा
अ अ+ अ-

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा अग्नि प्रसाद सापकोटा सर्वसम्मति निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई र्निविरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो “यससभाका माननीय सांसद श्री अग्नि प्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकोले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम ७ को उपनियम ३ बमोजिम माननीय श्री अग्नि प्रसाद सापकोटा र्निविरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।”

अध्यक्ष ठाकुरले र्निविरोध निर्वाचित भएकोमा प्रतिनिधिसभा र आफ्नो तर्फबाट कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दै हार्दिक बधाई पनि दिनुभयो ।

यसअघि सभामुख पदमा सापकोटालाई प्रस्ताव गर्दै नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले सिंगो संसदलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने भूमिका पुरा गर्नुहुनेछ भन्ने विश्वास आफुले लिएको बताउनुभयो । नेम्वाङ्गले अग्नि प्रसाद सापकोटालाई सभामुख पद मा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको सांसद देव प्रसाद गुरुङ्ग, ओनसरी घर्ती र लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो ।

प्रस्तावको समर्थन गर्दै सांसद घर्तीले सर्वसम्मतिको वातावरणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न संविधान कार्यान्वयन र राष्ट्रका जल्दा बल्दा मुद्दाहरुमा सबै दललाई एकै ठाउँमा उभ्याउने अवस्था श्रृजना भएको बताउनुभयो । यस्तो अवस्था निर्माण हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अझै सहज हुने आफुले विश्वास लिएको उहाँले उल्लेख गर्नुभयो । सभामुख पदमा सापकोटालाई सर्वसम्मतिको वातावरण बनाउन सहयोग पुर्याएकोमा उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत सबै दलहरुलाई धन्यवाद पनि दिनुभयो ।

प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि संसदले ३८ दिनपछि मात्रै आईतबार सभामुख पाएको हो । कृष्ण बहादुर महराले असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।