१८ असार २०८३, बिहीबार
,
Latest
दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ पछि नेपालको प्रधानमन्त्री गगन थापा हो, काँग्रेसले सुविधाजनक बहुमत ल्याउँछः सहमहामन्त्री रसाईली



अ+ अ-

काठमाडौँ ।नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

आईतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहमहामन्त्री रसाईलीले काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हाँसिल गर्ने दाबी गर्नुभएको हो ।

उहाँले काँग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउनु हुँदै आन्तरिक समिकरणलाई मिलाउन पार्टीभित्रका समूहलाई सम्बोध्न गरिएको बताउनु भयो । अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नसक्ने व्यक्ति सभापति गगन थापा नै रहेको जिकिर गर्नुभयो । उहाँले आफूहरुले काँग्रेस बदलेको र अब देश बदल्नेगरी अघि बढिरहेको पनि बताउनु भयो । सहमहामन्त्री रसाईलीले आफूहरुले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताउनु भयो । फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको यसअघि बसेको केन्द्रिय समितिको बैठकले एउटा मुद्दा निर्धारण गरेको छ । हाम्रो पार्टी सभापति गगनकुमार थापा र श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवा अहिले हामी सबै पार्टीका नेताहरु देशभर एक ठाउँमा छौँ । हामीले पार्टीको आन्तरिक समिकरणलाई मिलाउनका निम्ति सबै पार्टीभित्रका समूहलाई सम्बोधन गरेका छौँ । नेपाली काँग्रेसका सभापति, उपसभापति सबैले शालिनतापूर्वक देशलाई काँग्रेसले सम्हाल्नुपर्छ , मुठभेडको राजनीतिबाट सम्हाल्ने राजनीतिमा लगेर आजको स्थितिमा देश पुगेको छ । त्यसको नेतृत्व नेपाली काँग्रेसले गरेको छ । काँग्रेसले केन्द्रिय समितिको बैठकबाट काँग्रेस बदल्यौँ अब देश बदल्छौँ भनेर जुन नाराकासाथ अघि बढेको छ । जेन–जी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्नेगरी अघि बढेका छौँ । विद्यार्थी राजनीतिबाट खारिएर आएको व्यक्तिलाई काँग्रेसले भावी प्रधानमन्त्री घोषणा गरेको छ ।’

‘उहाँको नेतृत्वमा हामी चुनावमा जान्छाँै । हाम्रो कुनै राजनीतिक पार्टीसँग आग्रह र पूर्वाग्रह छैन । तर मुद्दा, निष्कलंक छवि, इतिहासका हिसावले सडक होस् वा संसदमा जिम्मेवारीका हिसावले नेपाली काँग्रेसको नेतृव गगन थापाले गर्नुभएको छ । हामी बहुमत ल्याएर जेन–जी पुस्ताको सडकमा बगेका रगतलाई हेरेर उनीहरुको सुशसानको मुद्दालाई सम्बोधन गर्छौं । विदेश पलायनको अवस्थालाई सम्बोधन गरेर नेपालमै बस्नसक्ने वातावरण निर्माण गर्न लाग्छौँ । अबको प्रधानमन्त्री फागुन २१ गतेको प्रधानमन्त्री र नेपाली काँग्रेसको प्रश्तावित प्रधानमन्त्रीको उम्मेदवार गगन थापा हो । नेपाली काँग्रेसले सामान्य ढंगले साधारण बहुमत, सुविधाजनक बहुमत संसदमा ल्याउँछ । काँग्रेसले जति इतिहासका परिवर्तन र क्रान्तिको नेतृत्व ग¥यो, त्यो पछिल्लो पटक जेन–जी आन्दोलनलाई सम्हाल्ने किसिमले जानुभयो । नेपाली युवाहरुको आकर्षणको केन्द्र, मित्रराष्ट्रको सम्बन्धलाई सन्तुलित रुपमा मिलाएर लैजानसक्नुहुन्छ ।’

उहाँले निर्वाचनलाई बलियो बनाइ रुख चिन्हलाई बलियो बनाउने गरी आफूहरु अघि बढिरहेको दाबी गर्नुभयो । निर्वाचन टिकटमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोईराला समूहका नेताहरु सबैले न्याय पाएको बताउनु भयो ।