३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जल्स हर्टको मिश्रित प्रदर्शन



अ+ अ-

आयोजक एन्जल्स हर्टले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार मिश्रित प्रदर्शन गरेको छ । एन्जल्स हर्ट ‘ए’ ले सफलता पायो भने ‘बी’ टिम पराजित भयो । मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हर्ट ‘ए’ ले गोल्डेनपिकलाई ४०–३४ ले पराजित गर्यो । विजयी टिमका लागि प्रतीक गौली र रोशन श्रेष्ठले समान ८–८ अंक जोडे । नेसनल युनाइटेडले एन्जल्स हर्ट ‘बी’ लाई २६–२४ ले हरायो ।

नेसनल युनाइटेडका रोशन मल्लले १२ स्कोर गरे । अन्य खेलमा एचएचसीएले एनईएलाई ४०–३५, सेबले नेपाल मोडेललाई २८–२३, लालीगुराँसले ईबीएलाई २०–१४, ग्रिनफिल्डले नवोदितलाई ३४–२० र बीएनएले काठमाडौं भ्यालीलाई ३४–१९ ले पाखा लगाए ।

प्रतियोगिताको नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने र एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । माघ २० गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा २० टिम सहभागी छन् ।