१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा ठूलो फेरबदल जरुरीः नेता जबरा



अ+ अ-

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरुले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताउनु भयो । उहाँले ठूला पार्टीहरु भ्रष्टाचारमा लिप्त भएको र नागरिकका कामरु नगरेकाले अब राप्रपा नै एकमात्र विकल्प रहेको बताउनु भयो । मुलुकमा धर्म, संस्कृति, परम्परालाई कायम राख्न पनि पनि राजतन्त्रको पुनःस्थापना जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मुलुकमा हामीले धेरै हेरिसक्यौँ । ठूला पार्टीहरुबाट चलाइएको, ठूला पार्टीहरुबाट सञ्चालन गरिएको कुरामा धेरै कुरा देख्यौँ । अन्त्यमा गएर भ्रष्टाचारमा लुप्त भए । मुलुकलाई दक्षताका साथ चलाउने उनीहरुमा क्षमता छैन । यो परिस्थितिलाई बुझेर मुलुकभर राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा धर्म, संस्कृति, परम्परा कायम राख्दै एउटै ठूलो फेरबदल मुलुकमा चाहिन्छ । चुनावबाट जनताको आवाज संसदमा दन्काइन्छ । सरकारबाट जे जति बेइमानी हुन्छ, त्यसको विरोध गर्न त्यसबारे सचेत गर्न राप्रपाका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गर्न यो मञ्चबाट आह्वान गर्न चाहन्छु ।’

उहाँले काठमाडौं ५ बाट कमल थापालाई विजयी गराउन पनि आह्वान गर्नुभयो ।