१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । रियल भालाडोलिडलाई आईतबार राति भएको खेलमा हराउँदै मड्रिड क्लब लिगको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा मड्रिड क्लबले १–० को जित निकाल्यो ।

खेलको ७८ औ मिनेटमा नाचोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए । टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । रियल पछिल्ला १९ खेलमा अपराजित छ ।

शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग तीन अंकको अग्रता लिएको छ । भालाडोलिड २२ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थानमा माथि छ ।