१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका आस्था राउत प्रहरी चौकीमा



अ+ अ-

काठमाडौं । पछिल्लो समय विवाददित बनेकी गायिका आस्था राउत प्रहरी कार्यलयमा उपस्थित भएकी छिन् । उनलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएका हुन् । आफन्तले नै उपस्थित गराएपछि प्रहरीले अहिले राउतको स्वास्थ्यजाँच गरेको छ ।

गायिका राउत विरुद्ध विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी रमिशा श्रेष्ठले राउतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा राउतालाई प्रहरीले खोजीको सूचीमा राखिएको थियो । सुरक्षा जाँचका क्रममा आफूमाथि अभद्र व्यवहार भएको भन्दै राउतले सामाजिक सञ्जालमार्फत् आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिपछि उनी विवादमा तानिएकी हुन् ।