१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतल निवासअगाडि प्रदर्शन गर्ने १२ मानवअधिकारवादी पक्राउ



अ+ अ-

काठमाडौं । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुखमा अग्नि सापकोटा निर्वाचित भएको विरोधमा मानवअधिकारकर्मीले प्रदर्शन गरेका हुन् ।

पक्राउ पर्नेमा चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकी, शंकर राजन कुइँकेलसहित १२ जना रहेका छन् । प्रहरीले उनीहरुलाई निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा पक्राउ गरेको हो ।

अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै मानवअधिकारवादीहरूले विरोध प्रदर्शन गरेका हुन्र । सापकोटालाई हत्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ।