८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाले भने – सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही बोल्दिन



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहणगरे लगत्तै आफु सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ खाएलगत्तै पदभारग्रहण गरेका सभामुख सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै आफूविरूद्धको मुद्दाबारे अहिले केही नबोल्ने बताएका हुन्।

‘मुद्दा सर्वोच्चमा छ अहिले केही नबोलौं,’ सभामुख सापकोटाले भने।

काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा रहेका व्यक्तिलाई सभामुख बनाएकोमा विरोध भइरहेको छ नि ? भन्ने प्रश्नमा सापकोटाले लोकतन्त्रमा विरोध भइरहने बताए।

सापकोटाले सभामुख सपथ खाइरहँदा राष्ट्रपति निवास बाहिर विरोध प्रदर्शन गरेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।