१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाले भने – सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही बोल्दिन



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहणगरे लगत्तै आफु सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ खाएलगत्तै पदभारग्रहण गरेका सभामुख सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै आफूविरूद्धको मुद्दाबारे अहिले केही नबोल्ने बताएका हुन्।

‘मुद्दा सर्वोच्चमा छ अहिले केही नबोलौं,’ सभामुख सापकोटाले भने।

काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा रहेका व्यक्तिलाई सभामुख बनाएकोमा विरोध भइरहेको छ नि ? भन्ने प्रश्नमा सापकोटाले लोकतन्त्रमा विरोध भइरहने बताए।

सापकोटाले सभामुख सपथ खाइरहँदा राष्ट्रपति निवास बाहिर विरोध प्रदर्शन गरेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।