१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका छ जनाले लिए उम्मेदवारी फिर्ता



अ+ अ-

सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका छ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कालिकोट, हुम्ला र सल्यानका गरी छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । जसअन्तर्गत सबैभन्दा धेरै कालिकोटबाट चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसबाट वागी उम्मेदवारी दिनुभएका भूपेन्द्रजङ शाही, नेपाली कम्यनिष्ट पार्टीका वागी उम्मेदवार जीवन बूढा, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र देशभक्त पार्टीका प्रेमसिंह तिरुवा रहेको मुख्य निर्वाचन कार्यालय कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालिकोटमा १४ जनाले उम्मेदवारी दिएका थिए । अब १० जना उम्मेदवार कायम भएका छन् । हुम्लाबाट मितेरी नेपाल पार्टीका जयबहादुर शाहीले उम्मेदवारी फिर्ता लिनुभएको छ । हुम्लामा अब सात जना उम्मेदवार कायम भएका छन् ।

सल्यानमा १६ जनाले उम्मेदवारी दर्ता गरेकामा आमजनता पार्टीका उम्मेदवार मानसिंह विकले उम्मेदवारी फिर्ता लिनुभएको छ  । सल्यानमा अब १५ जना उम्मेदवार कायम भएका छन् । अन्य जिल्लाबाट भने कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् ।

जसअन्तर्गत जाजरकोटमा ११ जना उम्मेदवार मैदानमा उत्रिँदा, जुम्लामा एकजना स्वतन्त्रसहित १० जना, डोल्पामा एक जना स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी कायम भएको छ ।

मुगुमा सात जना उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् भने दुई वटा क्षेत्र रहेको सुर्खेतमा ३० जना उम्मेदवार मैदानमा छन् । सुर्खेत क्षेत्र नम्बर १ मा १३ जना र क्षेत्र नम्बर २ बाट १७ जना उम्मेदवारी कायम भएको छ ।

दैलेख क्षेत्र नम्बर १ मा १० जना तथा क्षेत्र नम्बर २ मा ११ जनाको उम्मेदवारी रहँदा रुकुम पश्चिममा १२ जनाको उम्मेदवारी कायम भएको छ । योसँगै कर्णालीमा १३२ जनाको उम्मेदवारी कायम भएको छ । कर्णालीमा १२ क्षेत्र रहेका छन् । रासस