१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बाँकेमा कुष्ठरोगको रोकथाम चुनौतीपूर्ण

बाँकेमा कुष्ठरोगको रोकथाम चुनौतीपूर्ण
अ अ+ अ-

बाँके । बाँके जिल्लामा कुष्ठरोगको रोकथाम प्रभावकारी हुनसकेको छैन । रोकथामका लागि सरोकारवाला निकायले पहल गर्दै आए पनि नतिजा भने सोचेजस्तो आउन सकेको छैन ।

बाँकेमा विभिन्न ठाउँबाट मानिसहरु स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका विरामीहरु बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले बताउनुभयो ।

बाँकेमा गत वर्ष १२५ जना कुष्ठरोगका बिरामीहरु थिए भने यो आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ११४ बिरामीहरुले विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन् । प्रमुख शाहका अनुसार बिरामीसँग सामान्य लसपसबाट यो रोग सर्दैन । यो रोग लागेको बिरामीहरुलाई पूर्वजन्मको पाप तथा देवीदेवताको श्राप हो भनेर छुवाछूत गर्ने मानसिकता अभैm हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको छ ।

अर्कोतर्फ स्वास्थ्यचौकीसम्म पुग्न नसकेका, लुकीछिपी बसेका जिल्लाका कुष्ठरोगीहरुलाई पु¥याउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम निरन्तर अघि बढिरहेको छ । प्रमुख शाहका अनुसार सरोकारवालासँगको समन्वयकारी कार्यक्रमबाट समुदायमा अज्ञानतावश लुकीछिपी रहेका बिरामी पत्ता लगाउन मद्दत पुग्ने, जनचेतना अभिवृद्धि हुने, सक्रिय खोजपड्ताल विधिबाट बिरामीको पहिचान गरी समयमा उपचार गराएर अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ ।

कुष्ठरोग बिरामीको श्वासप्रश्वासबाट सर्ने एउटा सरुवा रोग हो । रोगीले लामो समयसम्म उपचार नगराएमा शरीर अङ्गभङ्ग हुने सम्भावना हुने गर्दछ । कुष्ठरोगीहरुको उपचार सरकारले निःशुल्क गरेको छ । कुष्ठरोग लागेमा शरीरमा हातखुट्टा झमझम हुने, शरीरको कुनै भागमा छुँदा थाहा नहुने, लाटोफुस्रो दागहरु देखापर्नु, हातखुट्टामा नदुख्ने घाउहरु देखापर्ने हुन्छ । यस्तो लक्षण देखापर्ने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा जानुपर्ने सवास्थ्यकर्मीहरुको सुझाव छ ।