१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखसँग चिनियाँ राजदूत यान्छीको भेट, बधाई दिने बनिन् पहिलो विदेशी राजदूत



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बधाई दिनुभएको छ । सोमबार राजदूत यान्छीले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा शिष्टाचार भेट गर्दै बधाई दिएकी हुन् ।

सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उनी पहिलो विदेशी राजदूत हुन् । आइतबार निर्विरोध सभामुख निर्वाचित सापकोटाले सोमबार पद तथा गोपनियताको शपथ लिएका थिए ।