९ भाद्र २०८३, मंगलवार
,
Latest
मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानो हमिङबर्डको अन्तिम आश्रय



A Sparkling Violetear hummingbird hovers at the Yanacocha Reserve in Nono, Ecuador, Tuesday, Jan. 20, 2026. (AP Photo/Dolores Ochoa)
अ+ अ-

एजेन्सी । इक्वेडोरियन एन्डिजको दुर्गम क्षेत्रमा रहेको एउटा प्राचीन जङ्गल मानव गतिविधिको बढ्दो अतिक्रमणबीच विलुप्त हुने जोखिममा परिरहेको सानो हमिङबर्डका लागि अन्तिम आश्रयस्थल बनेर उभिएको छ । यो यानाकोचा रिजर्भ हो, जुन ब्ल्याक–ब्रेस्टेड पफ्लेग (एरिओक्नेमिस निग्रीभेस्टिस) नामक अत्यन्तै दुर्लभ हमिङबर्डको अन्तिम शरणस्थलका रूपमा चिनिन्छ ।

क्विटोको प्रतीक मानिने यो सानो चरा केवल करिब ९ सेन्टिमिटर (३.५ इन्च) लम्बाइको हुन्छ । इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरका अनुसार यसको विश्वव्यापी सङ्ख्या घटेर अहिले १५० देखि २०० वटामा सीमित भएको छ, जसले यसलाई पृथ्वीको सबैभन्दा खतरामा परेका प्रजातिमध्ये एक बनाएको छ ।

जोकोटो फाउन्डेसनले २५ वर्षअघि स्थापना गरेको यानाकोचा रिजर्भ आज एन्डियन जैविक विविधताको महत्त्वपूर्ण केन्द्र बनेको छ । संरक्षणकर्मीहरूले यस क्षेत्रलाई एउटा चरा मात्र नभई, सम्पूर्ण इकोसिस्टम जोगाउने उद्देश्यले संरक्षण गरिरहेको बताएका छन् । संरक्षणवादी पाओला भिलाल्बाले भन्नुभयो, “हामीले एउटा प्रजातिको मात्र होइन, सम्पूर्ण पारिस्थितिक प्रणालीको रक्षा गरिरहेका छौँ भन्ने कुरा हामीले बुझेका छौँ ।”

यो हमिङबर्डलाई यसको खुट्टाको वरिपरि देखिने सेता पखेटा, ट्राउजरजस्तै देखिने विशेष बनावटका कारण सजिलै चिनिन्छ । ती सेता पखेटाहरू यसको गहिरो धातुजस्तो कालो छाती र कांस्य–हरियो पाखाहरूसँग तीव्र रूपमा फरक देखिन्छन् । यति आकर्षक स्वरूप हुँदाहुँदै पनि उच्च उचाइका वन क्षेत्र चरन र कृषिका लागि सफा गरिँदा यसको अस्तित्व गम्भीर जोखिममा परेको छ ।

बड्र्स एन्ड कन्जरभेसन फाउन्डेसनकी शर्ली फारिनाङ्गोका अनुसार यो प्रजाति समुद्र सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर (नौ हजार ८०० देखि ११ हजार ४०० फिट) उचाइको साँघुरो पारिस्थितिक क्षेत्रमा मात्र सीमित छ । उहाँका अनुसार यही उचाइको क्षेत्र कृषि भूमिमा रूपान्तरण गरिने प्रमुख क्षेत्र भएकाले दबाब सबैभन्दा बढी यहीँ परेको छ ।

क्विटोबाट करिब ४५ किलोमिटर (२७ माइल) उत्तरपश्चिममा पर्ने पिचिनचा ज्वालामुखीको ढलानमा फैलिएको यो बादलले ढाकिएको जङ्गल जोगाउन संरक्षणकर्मीहरू अहिले तीव्र प्रयासमा जुटेका छन् । उनीहरू वन पुनःस्थापना गर्दै सानो हमिङबर्डको भविष्य सुरक्षित गर्ने दौडमा छन् ।

एन्डिजका ‘सबैभन्दा साना परी’ भनेर चिनिने यी चराका लागि यी घना र प्राचीन रूखहरू केवल बासस्थान मात्र होइनन्, बरु अस्तित्व जोगाउने अन्तिम आशा पनि हुन् ।