८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघका दुई समुहबीच पार्टी कार्यालयमै झडप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । सोमबार दिउँसो नेविसंघका दुई समुहबीच झडप भएको हो।

अनसन बसिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी कुन्दनराज काफ्ले समुहमाथि सभापति शेरबहादुर देउवा पक्षका नेविसंघ विद्यार्थीले आक्रमण गर्दा दुई समुहबिच झडप भएको हो ।

केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गर्दै गरेका विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेको थिए ।
देउवा समुहका विद्यार्थी मनोज बैद्यलगायतले आक्रमण गरेको स्रोतको भनाइ छ। दुई पक्षबीच झडपमा इँटा र गमला हानाहान भएको थियो।