१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्टफोन टावरमा आगजनी



अ+ अ-

गुल्मी । अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिङ खड्काले बताउनुभयो ।

आइतबार राति करिब ११ बजेको समयमा आगजनी भएको वस्तु प्रहरी चौकीले जनाएको छ । आगलागीबाट टावरको ओडी बक्स पूर्णरूपमा जलेका कारण त्यस क्षेत्रमा स्मार्टफोनको नेटवर्क अवरुद्ध बनेको छ ।

घटनाको जानकारी पाएलगत्तै स्थानीयवासीले प्रहरीलार्ई जानकारी गराएपछि सोमबार बिहान वस्तु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगी घटना प्रकृतिबारे थप अनुसन्धान गरी फर्किसकेको छ । विगत पाँच वर्षदेखि धुर्कोटको कोट नजिकै रहेको स्थानीयवासी कमल थापाको बारीमा स्मार्टफोनको टावर सञ्चालनमा रहेको थियो ।

स्मार्टफोनको टावरमा आगजनी भए पनि त्यस नजिकै रहेका अन्य सञ्चारमाध्यमका टावर तथा सञ्चार उपकरणमा भने कुनै क्षति नभएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।