८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातिय मुक्तिका लागि संविधान संशोधन हुन्छ : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताउनुभएको छ ।

पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातिय मुक्ति, समानता र समानुपातिकताका हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताउनुभएको हो । उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझै पनि पूर्ण रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै दाहालले शान्तिपूर्ण रुपमा एकतावद्ध भएर संविधान संशोधनको माध्यमबाट यसलाई परिमार्जन गरिने बताउनुभयो । विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडी बढाउँदै गएमात्रै सोचेजस्तो समानता प्राप्त हुने उहाँको धारणा थियो । दाहालले साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाई जितेको भएपनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । नेकपा सबै खालका विभेलको अन्त्य गरी सबैको हक अधिकारका सुनिश्चित गर्न सदैव तयार रहेको उहाँको भनाई छ ।

पूँजीपतिहरु र साम्राज्यवादीहरुले साम्रदायिक विद्वेश फैलाउने र जातिजातिबीच लडाई गराउने नीति र कम्युनिष्टहरुले अघि सारेको जातिय हक अधिकारको कुरा, जातिय मुक्तिको कुरा फरक भएपनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तीको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कार्यम गर्न नसकिने बताउनुभयो ।