२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनिर्वाचित सभामुख सापकोटाद्वारा पार्टी सदस्यता परित्याग



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य रहेका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पार्टी सदस्यता परित्याग गरेको घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार शीतलनिवासमा पद तथा गोपनीयता शपथ लिएका सभामुख सापकोटाले पार्टी सदस्यताबाट अलग भएको घोषणा गरेका हुन् ।

सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् । ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको बेहोरा अनुरोध गर्दछु,’ सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउँछु ।’