९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा जे देखियो, त्यही सत्य ठान्ने प्रवृत्ति खतरनाक छ: एमाले अध्यक्ष ओली



अ+ अ-

गौरादह: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार झापाको गौरादहस्थित पाहुनाघरमा गौरादह र गौरिगञ्ज क्षेत्रका अगुवा नेता–कार्यकर्तासँग भेटघाट तथा मतदातासँग अन्तरक्रिया गरेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेटघाटमा अध्यक्ष ओलीले पार्टीको एजेन्डा, विगतमा आफूले खेलेको भूमिका र वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए।

अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले ग्रामीण क्षेत्रको विकास र समृद्धिमा नेकपा एमालेको निर्णायक भूमिका रहेको उल्लेख गरे। उनले सडक, पुल, विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत पूर्वाधार विस्तारमा एमाले नेतृत्वका सरकारले महत्वपूर्ण काम गरेको दाबी गरे। “गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो,” उनले भने, “आज देखिएका धेरै पूर्वाधार विकासका काम त्यसैको परिणाम हुन्।”

अध्यक्ष ओलीले सामाजिक सञ्जालको प्रभावबारे पनि कार्यकर्ता र मतदातालाई सचेत रहन आग्रह गरे। सामाजिक सञ्जालमा फैलाइने भ्रम, अफवाह र मनस्थिति बनाउने प्रयासलाई चिर्ने जिम्मेवारी कार्यकर्ताको काँधमा रहेको उनको भनाइ थियो। “सामाजिक सञ्जालमा जे देखियो, त्यही सत्य ठान्ने प्रवृत्ति खतरनाक छ,” उनले भने, “यथार्थ, तथ्य र कामको आधारमा जनतालाई बुझाउने काम गर्नुपर्छ।”

उनले यो निर्वाचन सामान्य सत्ता परिवर्तनको विषय मात्र नभई राष्ट्रियता र मुलुकको स्वाधीनतासँग प्रत्यक्ष रूपमा जोडिएको निर्वाचन भएको बताए। बाह्य शक्तिको प्रभाव, गलत एजेन्डा र अस्थिरताको राजनीतिबाट देशलाई जोगाउन सचेत भएर निर्णय गर्नुपर्नेमा उनले जोड दिए। “देशको स्वाधीनता, स्थायित्व र विकासको पक्षमा उभिने शक्ति एमाले हो,” अध्यक्ष ओलीले स्पष्ट पारे।

भेटघाट तथा अन्तरक्रियामा सहभागी अगुवा कार्यकर्ता र मतदाताले स्थानीय समस्या, विकासका आवश्यकता र निर्वाचन रणनीतिबारे आफ्ना जिज्ञासा राखेका थिए। अध्यक्ष ओलीले ती जिज्ञासाको जवाफ दिँदै पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको विश्वास बलियो बनाउने दिशामा अघि बढ्न आग्रह गरे।