३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट ज्ञान निकेतन बास्केटबल शुरु



अ+ अ-

काठमाडौं । ज्ञान निकेतन माविको आयोजनामा १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगितामा प्लस २ ब्वाइज र स्कुल ब्वाइजतर्फ जम्मा २४ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी निर्देशक विश्वजित कुँवरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्लस २ ब्वाइजमा १६ तथा स्कुल ब्वाइजतर्फ ८ टिम सहभागी हुने छन् ।

प्लस टु मा सहभागीलाई ४ समूह तथा स्कुलमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्लस टु मा समूहमा शीर्ष दुई स्थानमा रहने टिम क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । स्कुलतर्फ समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी गराए ।

प्लस टु मा टाइम्स इन्टरनेसनल कलेज तथा स्कुलमा आयोजक ज्ञान निकेतन डिफेन्डिङ च्याम्पियन हुन् । माघ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुने छ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको ज्ञान निकेतनका बास्केटबल प्रशिक्षक सुनिल लामाले जानकारी दिए ।