१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मतदानस्थलको स्थलगत निरीक्षण

मतदानस्थलको स्थलगत निरीक्षण
अ अ+ अ-

कञ्चनपुर। जिल्ला सुरक्षा समिति कञ्चनपुरको टोलीले मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित मतदानस्थलको स्थलगत निरीक्षण गर्नुभएको हो । छिमेकी मुलुक भारतसँगको सिमाना जोडिएका स्थलमा सुरक्षा चुनौती देखिएकाले दोधारा चाँदनीबाट मतदानस्थलको स्थलगत निरीक्षण थालेको प्रजिअ कोइरालाले जानकारी दिनुभयो ।

“सुरक्षा निकायका प्रमुखसहित दोधारा चाँदनीमा रहेका मतदानस्थलको स्थलगत निरिक्षण गरेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमनका क्रममा अवस्था सामान्य देखिएको छ, विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेका छौँ ।”

जिल्ला सुरक्षा समितिको टोलीले तीनवटै निर्वाचन क्षेत्रका मतदानस्थलको निरीक्षण गर्ने प्रजिअ कोइरालाले बताउनुभयो । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसै अनुरुप सुरक्षाको व्यवस्था मिलाइएको छ । प्रहरीका अनुसार १३२ मतदानस्थल मध्ये ६६ मतदानस्थललाई अतिसंवेदनशील, ४० मतदानस्थल संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन सुरक्षाको तयारी गरेको जानकारी दिनुभयो । “सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन्”, उहाँले भन्नुभयो, “यसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिने छन् ।”

कञ्चनपुर जिल्ला भारतसँग सीमा जोडिएका कारण अतिसंवेदनशील मतदनास्थलको सङ्ख्या बढी छ । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नं–१ मा ३४ अतिसंवेदनशील, १४ संवेदनशील र चार मतदान केन्द्र सामान्य छन् । त्यसैगरी क्षेत्र नं–२ मा १७ अतिसंवेदनशील, १३ संवेदनशील र १३ सामान्य मतदानस्थल छन् ।

निर्वाचन क्षेत्र नं–३ मा १५ अतिसंवेदनशील, १३ संवेदनशील र नौ सामान्य मतदानस्थल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ मतदाता छन् । रासस