१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

राजश्व छली रोक्न २१ पाइले अभियान

राजश्व छली रोक्न २१ पाइले अभियान
अ अ+ अ-

महोत्तरी । राजश्व अनुसन्धान कार्यालय पथलैया (बारा)ले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ । महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग २१ पाइले अभियानबारे जानकारी दिएका हुन् । “हेर्नुहोस्, राजश्व छली रोक्न कुनै ठूलो युद्ध लडेजस्तो गर्नु पर्दैन”, प्रमुख बिसीले भने, “राजश्व छल्ने सबै ढुवानीका साधन राजमार्गबाटै गुड्ने हुन्, राजमार्गको चौडाइ २१ पाइलामा तय गर्न सकिन्छ, यति दूरी इमान्दारीका साथ तय गरे राजश्व छली नियन्त्रण गर्न सकिन्छ ।”

अहिले राजश्व छलीको अनुगमन ढुवानी साधन तथा बिलबिजक अनुगमन प्रणालीले व्यवस्थित गरेको हुँदा इमान्दार प्रयत्नले सहजै राजश्व छली रोक्न सकिने उनको भनाइ छ । “हामीले पछिल्लो १५ महिनायता राजमार्गमा राजश्व छली नियन्त्रणका लागि यही २१ पाइले अभियान चलाउँदै आएका छौँ”, कार्यालय प्रमुख बिसीले भने, “छोटकरीमा भन्दा भिसीटिएस भनिने ढुवानी साधन तथा बिल बिजक अनुगमन प्रणालीले सम्बद्ध व्यापारिक प्रतिष्ठान, व्यापारी र राजश्व अनुसन्धानका क्षेत्रमा कार्यरत कर्मचारी सबैलाई ऐनाजस्तै छर्लङ्ग बाटो देखाएको छ, त्यो अनुशरण गरिए समस्या सबै सुल्झन्छ ।”

आइतबार र सोमबार बर्दिवासचोकमा राजमार्गमा गुडेका मालवाहक सवारीसाधनको अनुगमनकै क्रममा ५० मध्ये अधिकांश सवारी साधनमा राखिएका सामान भन्सार कार्यालयमा दर्ता तन्दुरुस्त नभई आएका पाइएको उनले जानकारी दिए । सरकारले व्यवस्थित गरेको भिसीटिएस व्यवस्थाभित्र भन्सार आयात, उद्योगी व्यवसायी, थोक बिक्रेता र ढुवानीका साधनको अन्तरङ्ग सम्बन्ध हुने प्रमुख बिसीको भनाइ छ ।

“धेरै लामो र बाङ्गोटिङ्गो कुरा छैन, आयात भएका सामान भन्सार कार्यालयमा दर्ता हुनपर्यो, सामान ल्याउने ठूला कम्पनी (उद्योगी, व्यवसायी) ले मेरा यी सामान छन् भन्नुपर्यो, थोक बिक्रेताले व्यापारिक कम्पनीसँग लिएका सामान यकिन गर्नुपर्यो र ढुवानी गर्ने साधनले यी साधन लिएर हिँड्दैछु भन्ने ठेगान गरेपछि राजश्व छलीको गुञ्जाइस रहन्न, यहाँ कोइ चुके राजश्व अनुसन्धानका कर्मचारी चुक्नु भएन”, उनले भने । यतिमात्रले राजश्व सङ्कलनको सफा बाटोबाट सुरक्षित यात्रा हुने बिसीले बताए ।

यद्यपि अनलाइन दर्ताको सहज व्यवस्था भए पनि आम व्यापारी भिसीटिएसमा आबद्ध भने नभएका पाइएको छ । मुलुकभर अहिले ७३ हजार कारोवारी मात्र यस प्रणालीमा आबद्ध भएका बिसीको भनाइ छ । भिसीटिएसले छलछाम, जालझेल र झुठो व्यहोरा राजमार्गको २१ पाइलाभित्र नै समात्न सक्ने भएको हुँदा सुरक्षित कारोवारका लागि यस प्रणालीमा आबद्ध हुनु व्यापारीको हितमा रहेको छ । छड्के अनुगमन प्रचारात्मक र सचेतनाका लागि भएको बिसीले बताए । “हामीले व्यापारिक कारोवार सफा र स्वच्छ राख्न बर्दिवासका उद्यमी, व्यापारीलाई आग्रह गरेका छौँ”, बिसीले भने, “नबुझेर, नजानेर राजश्व छल्ने कुरा हुँदैन, यो जानाजान अटेर गरिएको हो”, यद्यपि सच्चिन मौका भने दिइने बिसीको भनाइ छ ।

भिसीटिएस मुलुकको समृद्धि अभियानसँग जोडिएको सम्बद्ध अधिकारीको भनाइ छ । कर प्रणाली सुव्यवस्थित भए मुलुकको भकारी समृद्ध हुने उनले बताए । भिसीटिएसले राजश्व छली गर्ने जोसुकैलाई पहिलोपटक ५० हजार, दोस्रोपटक एक लाख र त्यसपछि कसुरअनुसार जरिवाना र अन्य कारवाही थप्ने व्यवस्था गरेको सम्बद्ध कर्मचारीले बताएका छन् ।