१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका मन्दिर निर्माणका लागि नगरप्रमुखले दिए रु दश लाख सहयोग



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा निर्माण भइरहेको कालिका मन्दिर निर्माणका लागि रु १० लाखको चेक हस्तन्तरण गरिएको छ । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरपालिकाको तर्फबाट रु १० लाखको चेक मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाशराज पन्तलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

नगरप्रमुख चौधरीले मन्दिर निर्माण भएपछि यस क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको सो मन्दिर निर्माणका लागि नगरपालिकासँगै वैदेशिक रोजगारमा संलग्न युवाले पनि सहयोग गरेका छन् ।