१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सेनाले टुहुरा बालबालिकालाई निः शुल्क पढाउने

सेनाले टुहुरा बालबालिकालाई निः शुल्क पढाउने
अ अ+ अ-

काठमाडौं । नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क अध्ययन गराउने भएको छ ।

दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्य अध्ययन गराउने कार्यक्रम अघि बढेको बताउनुभयो । शिक्षाको पहुँचबाट बञ्चित नहुन भनेर आगामी शैक्षिक शत्रबाट नै लागु हुनेगरी हिताधिकारी मध्ये श्रीमान् तथा श्रीमति दुबै को मृत्यु भइ टुहुरा भएका बालबालिकाहरुका लगि उक्त अवशर प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रमति संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमुलक कार्यक्रम प्रितनातहसम्म यहि वर्षबाट विस्तार गरिएको बताउनुभयो । नेपाली सेनाले सैनिक दिवसका अवशरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । बजारमूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ । नेपाली सेनाले लमजुङको बेसिसहरमा स्थापना गरेको नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिमकेन्द्रमा पिजेटिए र भिजेटिएका अतिरिक्त अन्य छोटो अवधिका तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरेको थापाले बताउनुभयो ।

नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको संग सहकार्य गरी सेनाले बढीमा १५ लाखसम्म कर्जा लिन मिल्ने व्यवस्था गरेको हो । भूतपूर्व सैनिक श्रीमति, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ ।

भूपू सैनिक नन्दबहादुर चन्दले सम्मेलनलाई पुराना सहपाटीहरुसँगको भेटघाट गर्ने थलोका रुपमा लिनुभएको छ । सैनिक कार्यकारी बोर्डले भूपूहरुलाई सहयोग गरेको र सम्मेलनबाट लघुवित्त देखि औषधि उपचारसम्मको सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । चन्दले नेपाली सेनामा २९ वर्ष सेवा गर्नुभएको थियो ।

भूपू सैनिकका श्रीमति धनिसरा बारबराईले नयाँ घर बनाउन र व्यवसाय सञ्चालनका लागि ऋण माग्न सम्मेलनमा सहभागि भएको बताउनुभयो । ऋण लिने प्रकृया, कति व्याजदरमा ऋण पाइन्छ भन्ने आफुलाई कुनै जानकारी नभएको तर छोराहरुले ऋण माग्न भनेपछि सम्मेलनमा आएको उहाँले बताउनुभयो ।

प्रधान सेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट सुरु भएको हो । सम्मेलनका क्रममा स्वास्थ्य उपचार सेवा, सहभागिलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणिहरुर्लाइ चेक हस्तान्तरण, उत्कृष्ठ व्यवसायिलाई पुरस्कार तथा जेष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरिएको छ ।