१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

उद्धार गरिएकामध्ये ३० पुनः सडकमा फर्किए

उद्धार गरिएकामध्ये ३० पुनः सडकमा फर्किए
अ अ+ अ-

काठमाडौं । आश्रयस्थल हुँदै परिवारसम्म पुगेका पनि पुनः सडकमा नै फर्किने गरेका छन् । हालसम्म काठमाडौँका विभिन्न स्थानबाट ६४७ को उद्धार गरिएकोमध्ये ५४५ पुरुष र १०२ महिला र १६ बालबालिका रहेको जनाइएको छ । यसैगरी ५२३ लाई परिवारसँग पुनर्मिलन गराइएको र तीमध्ये ३० सडकमा पुनः फर्केका बताइएको छ ।

लामो समयसम्म सडकमा बसेकाले पुनः परिवारसँग बस्न उनीहरुलाई समस्या भई फर्केको हुनसक्ने मानवसेवा आश्रमले जनाएको छ । बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिइरहेको छ ।

काठमाडौँका विभिन्न सडकबाट उद्धार गरी आश्रममा ल्याइएकामध्ये २० ले बिना जानकारी आश्रम छोडेका छन् । परिवारका सम्पर्कमा नगएका उनीहरुलाई अहिलेसम्म भेट्न नसकिएको बताइएको छ ।

कामपाले गत मङ्सिर २९ गतेदेखि भोकै कोही पनि नपरुन कसैले पनि मागेर खान नपरोस् भन्दै अभियान शुरु गरेको हो । आगामी तीन महिनामा सडकमा विभिन्न बहानामा मागेर बस्नेलाई व्यवस्थापन गर्ने जनाइएको छ ।

सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिल चोकगायतका स्थानमा छन् । ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको रहेको मानवसेवा आश्रमले जनाएको छ । हरेक दिन राति ८ देखि ११ बजेसम्म उद्धारको गर्न कामपा, प्रहरी, आश्रमका प्रतिनिधिसहित ५० को टोली खटिने गरेको छ ।

अभियान मूल व्यवस्थापन समिति प्रदेश नं ३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये छको मृत्यु भएको जानकारी दिनुभयो । मृतकको पहिचान हुनसकेको छैन । गत पुसको पहिलो साता रानीपोखरी आसपासपाट उद्धार गरिएको उपचारको क्रममा वीरअस्पतामा मृत्यु भएको जनाइएको छ ।

उद्धार गरिएकाले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरूलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ । परिवार भएका र सक्रिय जीवन जीउन सक्ने पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् । “परिवारबारे जानकारी लिनका लागि उनीहरूलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ”, आश्रमका अध्यक्ष रामजी अधिकारीले भन्नुभयो ।