१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने



अ+ अ-

विराटनगर । पूर्वप्रधानमन्त्री एवम् नेपाली नेपाली काँग्रेसका पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने भएको छ ।

फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भवनको अगामी माघ १६ गते शिलान्यास गरिने जानकारी दिनुभयो । स्वर्गीय कोइरालाले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको अथक योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन रु दुई करोड ५० लाखको लागतमा फाउण्डेशन निर्माण गरिन लागेको उहाँले बताउनुभयो । भवन निर्माणमा प्रदेश नम्बर १ सरकारले रु ७५ लाख र विराटनगर महानगरपालिकाले तीन कट्ठा जग्गा सहयोग गरेका छन् ।