१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आगामी चैतभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

आगामी चैतभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण हुने
अ अ+ अ-

विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गर्नुभयो । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो अभियान अन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गर्ने मन्त्रालयले जनाएको छ ।

सरकारी कार्यालयको १०० मिटरमा सो पदार्थ बिक्री वितरण गर्न निषेध गरिएको र यही माघ महिनाभित्रमा विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने शैक्षिक संस्था, अस्पताल र सार्वजनिक स्थानमा नियम लागू गरिसक्ने महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’का प्रावधान कार्यान्वयनमा ल्याइएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ सेवनले मानिसलाई लाभभन्दा पनि हानि बढी गर्ने भएकाले यसतर्फ सेवनकर्ता चनाखो हुनुपर्ने बताउनुभयो ।अभियानले प्रदेश नं १ का सबै मन्त्रालयमा सुर्तीजन्य पदार्थविरुद्धको ब्यानर टास्ने काम सम्पन्न गरेको छ ।