१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण
अ अ+ अ-

सर्लाही। आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ ।

बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गर्नुभयो ।

स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताउनुभयो ।

क्लबले आँखाको शल्यक्रिया गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत उपकरण प्रदान गरेको छ । केन्द्रको स्तरोन्नतिपछि यहाँका नागरिकले काठमाडौँस्थित तिलगङ्गा आँखा उपचार केन्द्र बराबरको सुविधा प्राप्त गर्ने क्लबका डाइरेक्टर बुर्लाकोटीको भनाइ छ । आँखामा भएका सम्पूर्ण समस्याको उपचार अब केन्द्रबाटै गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सुविधासम्पन्न भवनमा उपकरण जडान गरी केन्द्रले सेवा सञ्चालन गर्न लागेको छ । कार्यक्रममा मुख्यमन्त्री यादवले केन्द्रको उद्घाटनसमेत गर्नुभयो ।

त्यस अवसरमा लालबन्दी रेडक्रसका सभापति ध्रुवप्रसाद घिमिरेले फेको मेसिनबाट शल्यक्रियासहित उपचार सुरु गर्ने योजना रहेकाले जतिसक्दो चाँडो चिकित्सक र प्राविधिकको व्यवस्थापन गरी दिन प्रदेश सरकारसमक्ष अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री यादवले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको विकृति सुधारका लागि कडा कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई निर्देशन दिनुभयो । उहाँले नागरिकको नैसर्गिक अधिकारका रूपमा रहेको स्वास्थ्य क्षेत्रमा रहेका लापरबाही नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

आँखा उपचार केन्द्रलाई अत्याधुनिक उपकरण दिएर प्रदेशकै स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै मुख्यमन्त्री यादवले लायन्स क्लबप्रति आभार प्रकट गर्नुभयो ।

प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रायले आँखा उपचार केन्द्रका लागि दक्ष प्राविधिक प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लालबन्दीमा ट्रमा सेन्टर स्थापना गर्ने योजनासहित आवश्यक बजेट विनियोजन गरिने बताउनुभयो ।

प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेची लुङ्गेलीले उपकरणको सही सदुपयोग गरी आँखा रोगीले नियमित सेवा पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

केन्द्रले सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली तथा भारत विहारका गरी करिब १० लाख आँखाका बिमारीलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको लायन्स क्लब लालबन्दीका पूर्वअध्यक्ष राजकुमार न्यौपानेले बताउनुभयो ।

उपकरण हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारी, हरिपुर नगरपालिका प्रमुख गोपाल पञ्जियार, पूर्वस्वास्थ्य राज्यमन्त्री राम सिंह, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मालगायतको उपस्थिति रहेको थियो । रासस