१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बिद्यार्थीलाई दोस्रो विश्वयुद्धमा भएको नरसंहारबारे शिक्षा प्रदान



अ+ अ-

काठमाडौं । ७५ बर्ष अघि भएको दोश्रो बिश्बयुद्ध , नरसंहार र शान्ति स्थापनाका लागी भएका प्रयासका बारेमा नेपाली बिद्यार्थीहरुलाई जानकारी गराईएको छ ।

जर्मन दूतावासको आयोजनामा, शिक्षा तथा विज्ञान मन्त्रालय, काठमाण्डौस्थित सयुक्त राष्ट्र संघको कार्यालय , यूरा्ेपियन यूनियन र ईजरायल दूतावासको सहयोगमा काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा सरकारी र १० वटा निजी गरी २५ विद्यालयका विधार्थीलाई जर्मनीमा दोस्रो विश्वयुद्धमा भएको नरसंहारबारे शिक्षा प्रदान गरिएको हो । ।
जर्मनीमा घटेको नरसंहार शान्ति स्थापना कसरी गर्नेबारे जानकारी गराएको जर्मन राजदुत रोल्याण्ड शेफरले बताउनु भयो ।

५०० युवा स्वयंसेवक परिचालित रहेको कार्यक्रममा विश्वयुद्ध, त्यसले पारेको प्रभाव र व्यवस्थापनबारे माध्यमिक तहका विधार्थीलाई शिक्षा प्रदान गरिएको छ । कार्यक्रमले नयाँ पुस्तालाई भेदभाव र असहिष्णुता विरुद्ध लड्दै शान्ति स्थापन गर्न टेवा पुग्ने आयोजक संस्थाको बिश्वास रहेको थियो।